114th birth anniversary

गोपालसिंह नेपाली बस्नेतको 114औं जयन्ती पालन

Share this news

राष्ट्रिय सर्जक गोपालसिंह ‘नेपाली’ बस्नेतको 114औं जयन्ती सिलगढीमा पालन गरियो। पश्चिम बङ्गालको सिलगढीमा सञ्चालित संस्था एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेशन्स एन्ड वल्युन्टरी एक्टिविटिज आरनोवाद्वारा सर्जकको जन्म जयन्ती गरिएको हो। सिलगढीको चम्पासरीमा स्थित उक्त संस्थाको कार्यालयमा आयोजना गरिएको थियो। आरनोवाका उपाध्यक्ष मोहन लुइँटेलद्वारा अध्यक्षता गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका पूर्व सदस्य डा. जीवन राणा उपस्थित थिए। विशिष्ट अतिथि उपन्यासकार रीना सुब्बा अनि कवि लादोर्जे तामाङ बिनोद उपस्थित थिए। कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथिद्वारा कविको तस्वीरमा मैनबत्ती बालेर फूलमाला अर्पण गरिएको थियो। त्यसपछि भरखरै दिवङ्गत नारी हस्ताक्षर उर्मिला घिसिङको आत्मिक चिर शान्तिको लागि कामना गरियो। उक्त कार्यक्रममा डा. जीवन राणा अनि कृष्ण गुरूङले राष्ट्रिय सर्जक बस्नेतमाथि गहन वक्तव्य राखेका थिए। जसमा सचिव दिवाकर ढुङ्गेल शर्माले राष्ट्रिय सर्जक बस्नेतमाथि हिन्दीमा लेख प्रस्तुत गरेका थिए अनि सञ्जीव श्रीमलद्वारा कविता प्रस्तुत गरिएको थियो। आरनोवाका संस्थापक रुबेन गुरूङद्वारा सञ्चालित कार्यक्रममा संयुक्त सचिव बलु गुरूङले स्वागत वक्तव्य राखेका थिए भने सभाध्यक्ष द्वारा धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरिएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त