जीटीए क्षेत्रमा 1,116 नयाँ शिक्षक पद सृजना हुने : अनित थापा

Share this news

दार्जीलिङ, 1 अगस्त (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए) अधीनस्थ शिक्षा क्षेत्रको सुदृढीकरणका लागि एउटा खुसीको खबर। चाँडै नै क्षेत्रको सरकारी पाठशालाहरुमा 1,116 नयाँ शिक्षक पदमा भर्ना खुलिने छ। प्रशासनिक कार्य चलिरहेको म सबैलाई अवगत गराउन चाहन्छु। सृजना गरिएका यी नयाँ शिक्षक पदहरूबाट दार्जीलिङ र कालेबुङ जिल्लाका सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने हाम्रो प्रयास अब कार्यमा देखा पर्नेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए) प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। यसबारे थापाले थप बताइदै भनेअनुसार,पश्चिम बंगाल सरकारको विद्यालय शिक्षा विभागले दार्जीलिङ र कालेबुङ जिल्लाको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (जीटीए) अन्तर्गत रहेका नयाँ स्थापना भएका जुनियर उच्च विद्यालय, स्तरोन्नत उच्च विद्यालय र उच्च माध्यमिक विद्यालयका लागि 1,116 नयाँ शिक्षक पद सिर्जना तथा स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ। विद्यालय शिक्षाविभागले जिल्लाका विद्यालय निरीक्षक (एसई)- हरूलाई पठाएको आधिकारिक ज्ञापन अनुसार जीटीए-का मुख्य सचिवद्वारा पेश गरिएको सिफारिसलाई विभागीय स्तरमा परीक्षण गरिएको छ। आवश्यकीय तथ्यांक र विवरण संकलन गर्न गृह तथा पहाडी मामिला विभागले स्पष्ट जानकारी मागिसकेको छ। सबै सम्बन्धित विद्यालयहरूबाट माग गरिएको विवरण एक्सेल फाइलमा शीघ्र पठाउन निर्देशन दिइएको छ।
उनले बताएका छन् , प्रस्तावित शिक्षक पदहरू नयाँ हो कि पहिले नै स्वीकृत भइसकेका रिक्त पदहरू हुन्  भन्ने विवरण छुट्टै बुझाउनसमेत निर्देशन दिइएको छ। यसैसँग, विभागले भनेको छ कि सम्बन्धित सम्पूर्ण तथ्यांक समयमै संकलन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ।कर्म नै हाम्रो सिद्धान्त,हामीले पहाड निर्माण गर्न सुरु गरेका पहलहरु आज बिस्तारै फलप्रद भएर देखा पर्दैछ, कार्यपाल अनित थापा बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त