हाम्रो टोल, हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै होः दीक्षा तामाङ

Share this news

खरसाङ, (निसं): हाम्रो टोल, हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै हो भनी भाजपा खरसाङ मण्डल समिति सभापति साथै पञ्चायत समिति सदस्या दीक्षा तामाङले बताएकी छन्‌‍। तिनले एक विज्ञप्ति जारी गरेर यस्तो अभियोग लगाएकी छन्‌‍। तिनले भनेकी छन्‌‍, बंगालमा विधानसभा चुनाउ आगामी वर्ष हुँदैछ। बंगालकी मुख्यमन्त्री आफ्नो पद जोगाउन मरिहत्ते गर्दैछिन्‌‍। यसको लागि जे जे गर्नु मन लाग्यो, सबै गर्न चाहँदैछन्‌‍। अहिले “हाम्रो टोल, हाम्रो समाधान“ नामको कार्यक्रम गाउँ-गाउँमा बुथ-बुथमा गर्ने र प्रत्येक बुथमा विकासको लागि दश लाख रुपियाँ दिने घोषणा गरिएको छ। यो सबै ममता ब्यानर्जीको जनता लट्याउने चुनावी उपक्रम मात्रै हो, कुनै योजना होइन। तामाङले यो योजनाको लागि मात्रै व्यय भार कम्तिमा 93 करोड़ 50 लाख रुपियाँ लाग्छ भन्दै दार्जीलिङ पहाड़मा अहिले मोठ 935 वटा बुथहरू छन्‌‍। यो बंगाल सरकारको निम्ति असम्भव विषय हो। यसैले यो कार्यक्रम सरकारको ढाँट कार्यक्रम हो भनी तिनले जनाएकी छन्‌‍। तिनले योभन्दा अघि बंगाल सरकारले ग्राम पञ्चायतहरू मार्फत द्वारे सरकार कार्यक्रम घरि घरि गरेर, ग्रामीण जनताको लागि नानाथरीका सहुलियतहरू प्रदान गर्ने, लोभ देखाउँने कार्य गर्दै अनगिन्ती फर्महरु भर्नु लगाएको जनाउँदै तर यसमा जनताले केही फायदा नपाएको तथा वृद्ध भत्ता समेत धेरै पहाड़वासीले पाउन नसकेका अवगत गराएकी छन्‌‍। कतिजनाले वृद्धभत्ताको आशा गर्दागर्दै मृत्यु भइसकेको बताउँदै तामाङले कतिजना गरीबको घर नभएको बताएकी छन्‌‍। तिनले प्रश्न गर्दै द्वारे सरकारले संग्रह गरेको आवेदन फर्महरु कहाँ छन्‌‍? भन्दै अहिले हाम्रो टोल हाम्रो समाधान भनी गाउँ ठाउँमा जनताको घुइँचो बनाएर निलो र सेतो ब्लुमको प्रचार प्रसार गर्नु मात्रै यसको मूल उद्देश्य हो भनी थप आरोप लगाएकी छन्‌‍। तामाङले पहाड़का जनता सचेत हुनुपर्छ भन्दै यदि तृणमूलले नै यसपाली पनि सरकार गठन गरेको खण्डमा दार्जीलिङ पहाड़ले अझै पीड़ित हुनुपर्छ भनी सचेत गराएकी छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त