हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

Share this news

काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ‌ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बल खेल्दै चार चौका र तीन छक्का हिर्काए । यस्तै कप्तान रोहित पौडेलले नटआउट ३७ रन बनाउँदा ओपनर आशिफ शेखले ३३ रन बनाए । बसिर अहमदले पनि नटआउट ३० रनको योगदान दिए ।

कतारका लागि दुवै विकेट मुजिब उर रहमानले लिएका थिए । त्यसअघि टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो ।

कतारका लागि कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । ५४ बल नै खेलेका उनले २ छक्का र पाँच चौका प्रहार गरे

यस्तै शाहजीब जमिलले ३१ रन बनाउँदा मुजिब उर रहमानले नटआउट २०, महोम्मद इरशादले नटआउट १८ र अरुमुगनेश नागार्जनले १३ रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १/१ विकेट लिए । कप्तान रोहित पौडेलले टस जित्दै पहिले फिल्डिङ रोजेका थिए ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त