स्वतन्त्रता दिवस शिक्षक संगठनको आयोजनामा हुने

Share this news

तीनधारे , 22 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभा आगामी स्वतन्त्रता दिवस समारोहलाई लिएर सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता प्रधान अध्यापक संग्राममणि वाईबाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई शिक्षक संगठन तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्रीले सञ्चालन गरेका थिए। सभामा शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभापति बिमल शेर्पा पनि उपस्थित रहेका थिए। सभामा तीनधारेमा यसपाली शिक्षक संगठनको आयोजनामा स्वतन्त्रता दिवस समारोह पालन विषयमा चर्चा परिचर्चा गर्दै स्वतन्त्रता दिवस समारोह समिति पनि गठन गरिएको छ। यस समितिमा सभापति विकास प्रधान, मूल सचिव सुरेन्द्र गुरुङ, कोषाध्यक्ष प्रवीण राई र प्रचार प्रसार सचिव सन्तोष लामा चयन गरिएको छ। सभामा आगामी स्वतन्त्रता दिवस समारोहमा प्राथमिक पाठशाला र हाई स्कूल स्तरीय विद्यार्थीहरुलाई लिएर कस्तो कस्तो खेलकूदहरु आयोजना गरिने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै स्वतन्त्रता दिवस समारोह समितिका प्रचार प्रसार सचिव सन्तोष लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त