स्रष्टा सङ्गमको आयोजनामा पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

Share this news

खरसाङ , 4 जुलाई (निसं)ः भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको सिलगढ़ी एकाईको आयोजनामा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न भएको छ। उक्त समारोह सालबारीस्थित इम्मानुएल चर्चमा मिशन हिमालयका निर्देशक एल्डर दयारत्न प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई पास्टर पिटर थापा ’कोशिष’ ले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण पास्टर निमा लेप्चाले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको तस्वीरमा खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा शुरुको प्रार्थना रेभरेन्ट निकानोर शर्माले गरेका थिए भने स्वागत गीत एल्डर बिमल प्रधानले प्रस्तुत गरेका थिए। कार्यक्रममा पास्टर ध्रुव जोना राई, प्रणेश प्रधान, संगीता शर्मा आदिले गीत प्रस्तुत गरेका थिए भने पाद्रीद्वारा लिखित गीत जोर्डन प्रेयर टावरद्वारा प्रस्तुत गरिएको थियो। कार्यक्रममा कर्मु लामा महत, माइकल रुचाल, पिटर थापा ’कोशिष’, पास्टर निमा लेप्चा आदिले वाचन गरेका थिए।त्यसरी नै एन्जल छेत्री सबिना छेत्रीले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा स्रष्टा सङ्गमको उद्देश्य र औचित्य साथै यसको जानकारी विषयमा पूर्व सचिव एंव वर्तमान संयोजक हनोक थापाले वक्तव्य राखेका थिए। कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी र योगदान विषयमा विशप डाक्टर हेमन्त काफ्लेले वक्तव्य राखेका थिए। उनले पत्रकारिता र साहित्यमा पाद्री गङ्गाप्रसाद प्रधानको कोशे ढुंगा नै साबित भएको बताएका छन्। उनले जुलाई महिनामा पाद्री गङ्गाप्रसाद, आदि कवि भानुभक्त आचार्य, कवि हरिभक्त कटुवाल जन्मेको महिना भनी उल्लेख गरेका थिए। बिशप हेमन्त काफ्लेले पाद्रीको योगदानको चर्चा हुन आवश्यक छ भन्दै नेपाली भाषीहरुले उनको योगदान र महत्वलाई बुझेर कदर गर्नु आवश्यक छ भनी बताएका छन्। उनले पाद्रीले जाति र भाषाको लागि दिएको योगदानलाई जातिगत रुपमा मात्र हेर्नु नहुने तर अरुमाझ लानु पर्ने बताएका छन्। उनले पाद्रीलाई इसाईकरण गरेर संकुचित पार्नु नहुने बताउँदै पाद्रीको योगदानलाई अरु समक्ष पनि लानु पर्ने आवश्यकता रहेको बताएका छन्। हेमन्त काफ्लेले पाद्रीको योगदानलाई हेरेर हामीले गर्व गर्नुपर्छ भन्दै हामीले हाम्रो पाद्री नभनेर हाम्रो जातिको गौरव, जातिको स्रष्टा भनी बताउनु पर्ने बताएका छन्। उनले पाद्रीको योगदान जातिको लागि एक गाडधन नै भएको पनि बताएका छन्। उनले पाद्रीलाई एक आदर्श मान्नु पर्ने र हामीले पहिला उनलाई चिन्न आवश्यक रहेको तब जातिले र सरकारले पनि चिन्ने पनि बताएका छन्। कार्यक्रममा बाईबलबाट सन्देश पास्टर बिमल छेत्रीले राखेका थिए।कार्यक्रममा अध्यक्षको सम्भाषण एल्डर दयारत्न प्रधानले राखेका थिए। उनले आफ्नो सम्बोधनमा पाद्रीले ब्रिटिशलाई खुशी पार्नलाई काम गरेनन् तर जातिको हितमा ठूलो कार्य गरे भनी बताएका छन्। एल्डर दयारत्न प्रधानले भने, उनको दृष्टि कहिले पनि यता उता भएन तर जातिको हितमा कार्य गरिरहे। अब आगामी दिनमा पाद्री जयन्ती चर्च र हलबाट बाहिर निकाल्नुपर्छ। पाद्रीमाथि 2-3 महिनामा लागातर चर्चा परिचर्चा गरिनुपर्छ। उनको योगदानको सही रुपमा मूल्याङ्कन हुनुपर्छ र योगदानको चर्चा हुनुपर्छ। उनले अघि भने, हामीले सम्मान पाउने आशामा होइन तर नि:स्वार्थ भावमा काम गर्नुपर्छ। एका अर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्छ। उनले स्रष्टा सङ्गमलाई बधाई दिन्दै डा. एडोन रोंगोंगले देखेको सपना पूरा भएको महसुस भएको देखेको बताउँदै एडोन रोंगोंगले युवाहरु अघि आएर काम गरोस् भन्ने सपना राख्दथे जुन अहिले हेर्दा पूरा भएको देखिएको छ बताएका छन्। धन्यवाद ज्ञापन स्रष्टा सङ्गमको सचिव पास्टर शरण शरदले राखेका थिए भने अन्तिम प्रार्थना रेभरेन्ट मत्तियास बरदेवाले गरेका थिए भने अन्तिम आशिष एल्डर दयारत्न प्रधानले गरेका थिए। 174 औँ पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्रष्टा सङ्गमको सचिव पास्टर शरण शरदले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त