स्ट्रीट लाइट नबलेकोले मानिसहरूले भोग्दै छन् समस्या

Share this news

खरसाङ, 29 जून (मोहन प्रसाद)ःअ रसाङ शहरको विभिन्न ठाउँमा गत धेरै समयदेखि स्ट्रीट लाइट नबलेकोले स्थानीय मानिसहरूले विभिन्न समस्या भोगिरहेका छन्। खरसाङ शहरको राष्ट्रिय राजमार्ग 110, वर्द्धवान रोड, पंखाबारी रोड अनि अन्य कतिपय स्थानमा राति स्ट्रीट लाइट नबलेको गुनसो मानिसहरूले गरेका छन्। नगरपालिकाको विभिन्न वार्डहरूमा खरसाङ नगरपालिकाद्वारा लगाइएको ल्याम्प पोस्टहरूमा पनि विगत धेरै समयदेखि स्ट्रीट लाइट बलेको छैन भनी मानिसहरूले बताएका छन्। फलस्वरुप, वार्डको विभिन्न स्थानहरूमा वा मार्गहरूमा लगाइएको स्ट्रीट लाइटको बल्ब नबलेको अथवा बिग्रिएको देखिएको छ भने जनसाधरणको पनि यस्तै गुनासो छ। यस अवधि पत्रकारहरूसित बोल्दै, खरसाङ बजार हाम्रो समाजका एकजना वरिष्ठ प्रतिनिधि विनय प्रधानले जनाए अनुसार, धेरै समयदेखि खरसाङ बजारको डोको लाइनस्थित तिनको गाउँ-घरमा नगरपालिकाद्वारा लगाइएको स्ट्रीट लाइट बलेको छैन, जसले गर्दा रात परेपछि तिनी अनि गाउँका मानिसहरू, राति उक्त बाटो भएर आउ-जाउ गर्ने बटुवाहरूले पनि धेरै असुविधा भोग्नु परिरहेका छन्। त्यति मात्र होइन, बर्खाको समय स्ट्रीट लाइट नबलेकोले रात परेपछि चोरी अथवा अन्य आपराधिक घटनाहरू हुने सम्भावना पनि बढ़ेर गएको छ। स्ट्रीट लाइट नबलेपछि बाटोमा हिँडदा लड्ने सम्भावना पनि हुन्छ। एकजना स्थानीय भूषण छेत्रीले जनाए अनुसार, तिनको ड्यूटी कुनै-कुनै समय दार्जीलिङमा परेको हुन्छ अनि राति खरसाङमा आइपुग्दा अबेर रात परिसकेको हुन्छ, यस्तो परिस्थितिमा घर फर्किएको समयमा बाटोमा कुकुरहरूको हुलले आफूमाथि झम्टिने गर्छ । सम्बन्धित निकायले यस विषयलाई ध्यानमा राखेर खरसाङ बजारको विभिन्न ठाउँमा बहाल गर्नु आवश्यकता रहेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त