साउथफिल्डमा नेताजी खुला विश्वविद्यालय स्टडी सेन्टर आरम्भ   

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): विश्वविद्यालय अनुदान आयोग(खुला तथा दूर शिक्षा कार्यक्रम र अनलाइन कार्यक्रम) नियमावली 2020 र एनएसओयू प्रथम विधान (संशोधित), 2014  पालना गर्दै दार्जीलिङ साउथफिल्ड कलेजले नेताजी सुभाष खुला विश्वविद्यालय (एनएसओयू) ले आफ्नो क्याम्पस-मा सह-शैक्षिक लर्नर सपोर्ट स्टडी सेन्टर स्थापना गर्न आधिकारिक रूपमा कार्यक्रमगत मान्यता प्रदान गरेको छ भनी कलेज आधिकारिक सुत्रले बताएको छ।
सुत्रले बताए अनुसार, साउथफिल्ड कलेज, दार्जीलिङले  अब खुला तथा दूर शिक्षा मोड अन्तर्गत छ वटा स्नातकोत्तर कार्यक्रम र एउटा स्नातक दोस्रो डिग्री कार्यक्रम प्रदान गर्नेछ।जसमा स्नातकोत्तर कार्यक्रमहरू अंग्रेजी,शिक्षा,राजनीति विज्ञान, सार्वजनिक प्रशासन, अर्थशास्त्र, सामाजिक कार्य, पुस्तकालय र सूचना विज्ञान (एमएलआईएस) छन्। साथै स्नातक दोस्रो डिग्री कार्यक्रममा पुस्तकालय र सूचना विज्ञान (बीएल आईएस) सामेल छन् , साउथफिल्ड कलेज, दार्जीलिङ लर्नर सपोर्ट स्टडी सेन्टरमा यी कार्यक्रमहरूको लागि भर्ना अब गत 15 जुलाईदेखि 2025-2026 शैक्षिक सत्रको लागि आधिकारिक रूपमा खुला छ। इच्छुक विद्यार्थीहरू (सह-शिक्षक)-ले कलेज वेबसाइट  साउथिल्डकलेज डट ओआरजी- मार्फत आवेदन दिन सक्छन्। थप विवरण र भर्ना प्रक्रियाहरूको लागि, विद्यार्थीहरूले साउथफिल्ड कलेज, दार्जीलिङमा सम्पर्क गर्न वा आधिकारिक वेबसाइटमा हेर्न सकिने छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त