साई सन्दरम्‌‍ स्कूलले राखी लगाएर सचेतना

Share this news

खरसाङ, अगस्त(निसं)ः सन्‌‍ 1983 सालमा दिलाराम क्षेत्रमा स्थापित भएको साई सुन्दरम्‌‍ विद्यालयका विद्यार्थीहरूले यस वर्ष सीबीएसइ बोर्ड परीक्षामा जिल्लामा नै उत्कृष्ट अङ्क लिएर परीक्षा उतीर्ण गरे भने विद्यालयले नानीहरूको सर्वाङ्गीण विकासका कार्यहरुसँगै सामाजिक उत्थानका धेरै कार्यहरु पनि गर्दै आइरहेको छ। वर्तमान समयमा समाज सुधारका थुप्रै नीति निर्धारणहरू पाइए तापनि वास्तविक रूपमा कार्य गर्ने संघ-संस्थाहरू थोरै छन्‌‍ अनि यसरी समाज सुधारका कार्यहरू गर्न चाहेको खण्डमा पनि सार्वजनिक रुपमा सहयोग र समर्थन पाउनु पनि गाह्रो पर्दछ। तथापि साई सुन्दरम विद्यालयले निरन्तर रूपमा यस्ता कार्यहरू गरिरहेको छ। यस्तै विभिन्न कार्यक्रमहरू बीच शनिवार रक्षाबन्धनको शुभ अवसरमा यस विद्यालयको दिलाराम क्षेत्रका सम्पूर्ण दोकान पसलहरुलाई रक्षाबन्धनको पवित्र धागो बाँधेर हाम्रो क्षेत्रलाई स्वच्छ र सुरक्षित बनाउन हेतु विद्यार्थीहरूमा खैनी, चुरोट, गुटका आदि जस्ता नशालु पदार्थहरु नबेचिदिने अनि यस्ता कुलतमा फसेका विद्यार्थीहरू दोकान पसलमा आए विद्यालयलाई जानकारी गरिदिने आग्रह पनि गरियो। यस पवित्र कार्यका निम्ति विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए साथै यस नशामुक्त अभियानमा दिलाराम पुलिस आउट पोस्ट तथा दिलाराम वरिपरिका समाजहरू बामनधुरा ग्राम सुधार समिति दिलाराम, प्रगति समाज,नारी कल्याण समिति दिलाराम, महादेव खोला समिति तथा सन्त मेरिज-1 का पञ्चायत सदस्यहरुले सहयोग गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त