सभासद नुरी शेर्पाद्वारा दिलरामको शान्ति गाउँको छड़्के भ्रमण

Share this news

सोनादा, 27 जून(निसं)ःअ टुंगो सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाद्वारा बिहीवार दिलरामको शान्ति गाउँको छड्के भ्रमण गरेका छन्। टुंग सन्तमेरिज समष्टि अन्तर्गत दिलाराम चियाबारीस्थित शान्ति गाउँमा निर्माण भइरहेको बाटोको जानकारी लिन बिहीवार उक्त क्षेत्रमा समष्टिका सभासद नुरी शेर्पाद्वारा छड्के भ्रमण गरिएको छ। दिलारामको शान्ति गाउँमा निर्माण भएको उक्त कालो अलकत्रे सडक अति नै राम्रो प्रकारले बनिएकोमा उक्त कार्यका एजेन्सीलाई हार्दिक धन्यवाद प्रकट गर्दै स्थानीय ग्रामवासीहरुलाई पनि सभासदले बधाई टक्राएका छन्। यसरी बुनियाँदी ग्रामीण विकासको कार्यमा अघि बढिरहेको टुंग सन्तमेरिज समष्टिभित्र थुप्रै विकासमूलक कार्यहरु भइरहेको तथा धेरै कार्यहरु भइसकेकोमा आफू एक जनप्रतिनिधिको रुपमा सन्तुष्ट नै रहेको सभासदले विचार व्यक्त गरेका छन्। सभासद नुरी शेर्पाद्वारा गरिएको छड्के भ्रमणमा सन्तमेरिज 1 ग्राम पञ्चायतका सदस्या रेणुका राई, स्थानीय भागोप्रमो प्रतिनिधिहरुमा रञ्जीप तामङ अनि अरुणा तामङ उपस्थित थिए भने अन्य स्थानीय प्रतिनिधिहरुसँग भ्रमणको अवधि सभासदसँग फोनमार्फत नै कुराकानी भएको छ बताइएको छ। यस अवसरमा सभासद नुरी शेर्पाले क्षेत्रको विकास नै हाम्रो मूल संकल्प रहेको अनि ’कर्म नै हाम्रो सिद्धान्त भन्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको भनाई छ यहाँ चरितार्थ भएको बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त