सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्याण्डले कालेबुङ ब्याण्ड प्रतियोगितामा भाग लिने

Share this news

खरसाङ, (मोहन प्रसाद)ः खरसाङ्को सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्यागपाइपर ब्याण्डले एक पल्ट पुन: कालेबुङ्को मेला ग्राउण्डमा आयोजना गरिने स्वतन्त्रता दिवसको उपलक्षयमा आयोजित ब्याण्ड प्रतियोगिता आफ्नो प्रस्तुति दिनेे भएको छ। उक्त विषयमा जानकारी दिँदै ब्याण्डलाई नेतृत्व गर्दै कालेबुङ गइरहेकी विद्यालयका शिक्षिका सुदेशना प्रधानले जनाए अनुसार, गत वर्ष पनि सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्यागपाइपर ब्याण्डले कालेबुङ्को मेला ग्राउण्डमा आयोजित प्रतियोगितामा आफ्नो प्रस्तुति राखेको थियो भने यस वर्ष पनि स्वतन्त्रता दिवस समारोह आयोजक कमिटीको पक्षबाट एवं कालेबुङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष रवि प्रधानद्वारा निमन्त्रणा पाएपछि सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयका ब्यागगपाइपर ब्याण्डका 32 जनाको एउटा टोलीले आज 15 अगस्त स्वन्तत्रता दिवसको दिन सम्पन्न हुने कार्यक्रमको निम्ति कालेबुङ प्रस्थान गरिरहेको छ। तिनले थप जनाए अनुसार, कालेबुङ्मा स्वतन्त्र दिवसको उपलक्ष्यमा तीन दिवसीय भव्य विभिन्न कार्यक्रमको आयोजन हुने गर्छ भने 16 अगस्तको दिन विभिन्न स्कूलका ब्याण्डलाई लिएर एउटा ब्याण्ड प्रतियोगिता पनि हुनेछ। यसै ब्याण्ड प्रतियोगितामा भाग लिनको निम्ति शिक्षिका सन्त जोसेफ विद्यालयको ब्याण्ड टोली कालेबुङ प्रस्थान गरेको हो। शिक्षिकाले 2003 देखि सन्त जोसेफ विद्यालयको ब्याण्ड आरम्भ गरिएको र वर्तमानसम्म विद्यालयको ब्याण्डले विभिन्न कार्यक्रम अनि प्रतियोगिताहरूमा अंशग्रहण गरिसकेको जनाए।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त