राष्ट्रिय राजमार्ग 110 मरमति भएको छैन

Share this news

खरसाङ, 27 जून(निसं)ःअ अहिलेसम्म मरमति हुन सकेको छैन खरसाङ टुरिष्ट लज नजिकको राष्ट्रिय राजमार्ग 110, सड़क भत्किएकोले गाड़ी चालक, दुई चक्के सवार अनि जनसाधरणले समस्यको सामना गर्न परिरहेका छन्। यहाँको सड़क धेरै दिनदेखि भत्किएर सड़कमा खाल्डा बनेको छ। कतिपय खाल्डा ढुङ्गा लगाएर पुरिएको भए तापनि त्यहाँ लगाइएका ढुंङ्गा बाहिर निस्किएर चालक अनि दुई चक्के सवारहरूले अझ बढ़ी समस्याको सामना गर्न परिरहेका छन्। दुई दिन अघिसम्म यहाँ ठूलो खाल्डा बनेको थियो, खाल्डामा पसेर सानो गाड़ीहरूको अधिल्तिरको बनेट ठोकिने गरेको गुनासो चालकहरूले गरिरहेका थिए। अहिले उक्त ठूलो खाल्डालाई ढुङ्गा लगाएर पुरिएको पाइएको छ। यस स्थानमा रहेको खाल्डामा वर्षाको समय पानी भरिने भएकोले खाल्डा कतिको कहिरो छ भन्ने अड़कल काट्न नसकेर कतिपय सानो गाड़ीका चालकहरू हैरान बनेका छन्। यसै स्थानबाट उकालो तर्फ हिमाली बोर्डिङ स्कूलसम्म जानो सड़क रहेको र ओह्रालो कप्तान सुरज शर्मा पथ रहेकोले यस स्थानमा वाहनहरूको जम्का भेट पनि भइरहने गर्छ। उकालो हिमाली बोर्डिङ स्कूल तर्फ जाने गाड़ीहरू खाल्डाबाट जोगिएर इण्डिकेरटले संकेत दिँदै राष्ट्रिय राजमार्गको तल्लो भागबाट उकालो चड़न खोज्दा पछिबाट आइरहेको गाड़ीले पास दिएको बुझेर अघि बढ़न प्रयास गर्न हुँदा दुर्घटना हुने सम्भवना पनि बनेको कतिपय चालक अनि दुई चक्के सवारहरूको छ। राष्ट्रिय राजमार्ग 110 को यो स्थानमा सड़क भत्किने समस्या एउटा गाड़े घाउ जतिकै भइसकेको छ। यस स्थानमा लगभग वर्षभर नै सड़क भत्किएको अवस्थामा रहने गरेको छ। विभागले यस स्थानको सड़क समय-समयमा मरमति गर्ने गरेको भए तापनि मरमति गरेको केही समयपछि पुनः भत्किने गरेको छ। यस स्थानमा सड़क भत्किरहनुको मुख्य कारण माथिबाट पानीको पाईपहरूबाट चुहेर आएको पानीको कारण यो स्थान कहिल्यै सुखा नरहनुले हो भनी धेरैले बताएका छन्। यस स्थानको सड़क भत्किन नदिनु हो भने माथिबाट बगेर आउने पानी बन्द गर्नु पर्ने मानिसहरूको सुझउ छ। तथापि वर्तमानमा सड़क भत्किएर यस स्थानमा खाल्डाहरू बनेकोले चालक, दुई चक्के सवार अनि साधरण मानिसहरूले समस्याको सामना गर्न परिरहेका छन्। यो समस्याको सामाधान चाँड़ो गर्नु पर्ने, सम्भावित दुर्घटनालाई रोक्नको निम्ति विभागद्वारा मरमतिको कार्य तत्काल गरिन पर्ने मानिसहरूको माग छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त