‘भूठान’को ट्रेलर सार्वजनिक

Share this news

काठमाडौँ — ‘बुलबुल’ निर्देशक विनोद पौडेलको निर्देशनमा बनेको फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दुई धर्म अंगाल्ने व्यक्तिको मृत्युपछाडि हुने संस्कारलाई लिएर हुने अन्यौल देखाइएको छ ।

फिल्ममा प्रमुख भूमिका रहेको अभिनेता हरिवंश आचार्यसहित फिल्मका अन्य कलाकारहरु ट्रेलरमा अटाएका छन् ।

ट्रेलरअनुसार प्रमुख पात्रले दुई धर्ममा आस्था राखेको देखाइएको छ । अब उक्त संस्कार हिन्दूधर्म अनुसार होला या इसाई ? त्यो थाहा पाउन भने वैशाख १२ नै पर्खनु पर्ने हुन्छ । म्याड मंकी फिल्मको प्रस्तुतिमा तयार यो फिल्ममा घर हराएको व्यक्तिको कथा समेटिएको निर्माण पक्षले बताउँदै आएका छन् । यो फिल्ममा हरिवंशसँगै अभिनेता दयाहाङ राई, पूजा चन्द, ब्रुस डर्न र ऋचा घिमिरेलगायतको अभिनय छ ।

सुसन प्रजापतिले खिचेको यो फिल्ममा जेफ्री चान्सको रंग संयोजन, अन्जन गजुरेलको कला, अन्जन खड्काको सम्पादन छ । फिल्मलाई अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली, किर्तना बास्कोटा र निर्देशक पौडेल आफैंले निर्माण गरेका हुन् ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त