भानु स्मृति कार्यक्रम तथा अर्धवार्षिक परीक्षा परिणाम वितरण 

Share this news

दार्जीलिङ,18 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा पुर्‍याएको अमूल्य योगदानलाई सम्झिँदै शालोम इङ्ग्लिश स्कूल, सानो हट्टाले एक मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम भानु स्मृति कार्यक्रम आयोजना गर्यो। यस अवसरमा अर्धवार्षिक परीक्षा नतिजा वितरण कार्यक्रम पनि सम्पन्न भयो भनी स्कुलले बताएको छ। स्कुलको जानकारी अनुसार, कार्यक्रममा विविध साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएको थियो, जसमा,कविता वाचन प्रतियोगिता,नेपाली साहित्य सम्बन्धी क्विज प्रतियोगिता, परम्परागत सांस्कृतिक नृत्यहरू, जस्तै मारुनी नृत्य,खम्बु सिल्ली,तामाङ सेलो, गुरुङ घाटु नृत्य, साङ्गिनी नृत्य,शेर्पा नृत्य, लिम्बू नृत्य समावेश थियो। प्रत्येक नृत्यसँगै त्यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे छोटो व्याख्या पनि गरिएको थियो, जसले विद्यार्थी र दर्शकलाई नेपालको सांस्कृतिक विविधताबारे ज्ञान प्रदान गर्‍यो।कार्यक्रमका मुख्य अतिथि कवि सुवास ठकुरी( युवा साहित्य अकादमी पुरस्कार) र विशेष अतिथि कवयित्री आशा लिङ्देन, विद्यालयकी पूर्व शिक्षिका। विद्यालय परिवारले सुवास ठकुरीलैइ उनको चर्चित कृति जुनको आँसु-का लागि बधाई दिइयो भने, आशा लिङ्देनलाई उनको पहिलो कविता संग्रह ओझेलको उज्यालो-को सफल प्रकाशनका लागि शुभकामना व्यक्त गरियो।सम्पूर्ण कार्यक्रम विद्यालयकी नेपाली शिक्षिका दीपा राईद्वारा संयोजन गरिएको थियो। कार्यक्रमको विशेष आकर्षण  सबै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले परम्परागत पोशाकमा सहभागी थिए। थियो, कार्यक्रमको अन्त्यमा अर्धवार्षिक परीक्षा नतिजा वितरण गरिएको थियो, जसपश्चात् शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया सत्र सम्पन्न भयो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त