गोर्खे हाटको चित्र बनाउ प्रतियोगितामा 50 विद्यार्थी सहभागी

Share this news

खरसाङ, (निसं): खरसाङको गोर्खे हाट सञ्चालन समितिको आयोजनामा खरसाङका विभिन्न विद्यायलयमा अध्ययनरत 50 विद्यार्थीलाई लिएर बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न गरियो। खरसाङ टुरिष्ट लज नजिक गोर्खे हाट लाग्ने स्थानमा रहेको रेलवे इन्सटिच्युटमा सम्पन्न भएको यो प्रतियोगितामा दार्जीलिङ हिमालयन रेलवेका निर्देशक ऋशव चौधरी मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। प्रतियोगिताको निर्णायकको रुपमा हिमाली बोर्डिङ स्कूलका आर्ट शिक्षक प्रणय प्रधान उपस्थित रहेका थिए। यस प्रतियोगितामा भिक्टोरिया बोईज स्कूलका विद्यार्थी अनमोल छेत्री प्रथम, हिमाली बोर्डिङ स्कूल शिक्षाका अंशिका रसाइली दोस्रो अनि सन्त अल्फन्सेस प्राइमेरी अभिज्ञान बम्जन तेस्रो भए। प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि, निर्णायक अनि गोर्खो हाट सञ्चालन समितिका पदाधिकारीहरूको बाहुलीबाट उपहार अनि प्रमाण पत्र प्रदान गरियो। प्रतोयिगितासमा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरियो। कार्यक्रममा गोर्खे हाट सञ्चालन समितिका अध्यक्ष विजय सिञ्चुरी, सचिव महेश छेत्री, संयोजक सन्त बहादुर गुरुङ, सहसचिव रमोद गुरुङ, सहकोषाध्यक्ष रोहित गुरुङ, कार्यकारिणी समिति सदस्य ललिता शेर्पा, स्मृति प्रधआन अनि अन्यान्य सदस्यहरूको उपस्थिति रहेको थियो। गोर्खा हाट सञ्चालन समितिका सहसचिव रमोद गुरुङलेे यो चित्रकला प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य स-साना विद्यार्थीहरूलाई गोर्खे हाट, गोर्खे संस्कृति, खानपीन आदि विषयमा जानकारी गराउदै चित्रकलाको रुची बढ़ाउने हो भनी बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त