खरसाङ डाउहिलमा निर्माण भएको प्रेसिडेन्सी युनिभर्सिटीको क्याम्पस चाँड़ै सञ्चालनमा

Share this news

खरसाङ, 24 जुलाई (निसं)ः खरसाङ्को डाउहिलमा निर्माण भएको प्रेसिडेन्सी युनिभर्सिटीको क्याम्पस चाँड़ै सञ्चालनमा आउने भएको छ। यो क्याम्पस सञ्चालनमा चाँड़ै आउने जीटीएका मुख्य कार्यपाल अनित थापाले आफ्नो सामाजिक सञ्जाल पोष्टमा बताएका छन्‌‍। तिनले आफ्नो पोष्टमा क्याम्पसको निम्ति चाहिएको प्राध्यापक अनि कर्मचारीहरूको विज्ञापनको लिङ्क पनि सामेल गर्दै जीटीए क्षेत्रवासीलाई बधाई दिएका छन्‌‍। थापाले आफ्नो पोष्टमा भनेका छन्‌‍, जीटीएलाई नयाँ सौगात: खरसाङ्को डाउहिलमा निर्माण भएको प्रेसिडेन्सी युनिभर्सिटीको तेस्रो क्याम्पस सञ्चालनमा आउने प्रक्रिया पूर्ण भयो। खरसाङलाई शैक्षिक हब बनाउने सपनाको थुप्रै योजनाहरूमा आज मेरो एउटा सपना आज पूरा भयो। यस युनिभर्सिटीलाई प्रेसिडेन्सी युनिभर्सिटीको हिमालयन केन्द्र भनेर पनि जानिने छ। 2017 देखि मैले आरम्भ गरेको राजनैतिक यात्रा नै गुमाएको गरिमा फर्काउनु थियो। शिक्षाको राम्रो हब बनेको खरसाङ आन्दोलनको समयपछि धेर सुनसान बन्यो। हामीले यहाँ केही बृहत नै गर्नु पर्छ भन्ने सोंच राखेर सरकार समक्ष युनिभर्सिटीको माग राख्यौँ, सरकारले पनि सुनिदियो, पूर्वाधारको निर्माण भयो। अब युनिभर्सिटी चाँडै सञ्चालन हुनेछ। थापाले क्याम्पस सञ्चालनको रुपरेखाको बारेमा बताउदै भनेका छन्‌‍, लगभग 1 सय पुरुष अनि 1 सय महिला विद्यार्थीहरू होस्टेलमा रहेर पढ्न सक्ने पूर्वाधार भएको क्याम्पस हो यो। यो क्याम्पसलाई उन्नत अनुसन्धान, विशेष कार्यक्रमहरू र अन्तरविषयक अध्ययनहरूको केन्द्र बनाउने उद्देश्य राखिएको छ। विशेष गरी एस्ट्रोफिजिक्स, बायोटेक्नोलोजी र जलवायु विज्ञान जस्ता क्षेत्रहरूमा यसको क्षमता रहनेछ। प्रेसीडेन्सी युनिवर्सिटीले हालै खरसाङ क्याम्पसको लागि विभिन्न शैक्षिक र प्रशासनिक पदहरूको विज्ञापन निकालेको छ, जसले यो क्याम्पसको शैक्षिक सञ्चालनको लागि उन्नत तयारी भएको संकेत गर्दछ। थापाले सहायक रजिस्ट्रार, सहायक परीक्षा नियन्त्रक, लेखा अधिकृत यसको अतिरिक्त प्रोफेसर, एसिस्टेन्ड प्रोफेसर, लाइब्रेरियन आदिको रिक्त पदको निम्ति विज्ञापन निस्किएको र यसको निम्ति आगामी 14 जुलाईसम्म अनलाईन आवेदन गर्नु पर्ने पनि आफ्नो पोष्टमा बताएका छन्‌‍। क्याम्पसको निम्ति चुनिएका फ्याकल्टी अनि अन्य कर्मचारीले क्याम्पसभित्र नै प्रबन्ध मिलाइएको आवासीय परिसरमा बस्नुपर्नेछ भनी बताउदै यो पहाड़को निम्ति खुशीको खबर हो। दार्जीलिङ हिल युनिभर्सिटीपछि यो हाम्रो अर्को ठूलो उपलब्धि हो। यलसको निम्ति हामी सबैलाई बधाई भनी थापाले भनेका छन्‌‍।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त