पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍

Share this news

मकैबारी चियाबगान अन्तर्गत कैलापानीका एघार घर पैह्रो पीड़ितहरूको अझसम्म पुनर्वास हुन सकेको छैन्‌‍। उनीहरू अहिले अस्थायी त्राण शिविरमा छन्‌‍। अझै पनि गाउँ माथिबाट पैह्रो जाने क्रम रोकिएको छैन्‌‍। चिया बगानबाट घर बनाउनको निम्ति जमीन उपलब्ध गराइए तापनि जमीन खनजोत गरिएको छैन्‌‍ औ चियाका बोटहरू उखेलिसकिएको छैन्‌‍, जसको कारण त्यहाँ कुनै घर बनाउन सकिएको छैन्‌‍। यसै अवधि शनिवार रातभरि चलेको हुरी बतासले तिनीहरू बस्दै आइरहेको त्राण शिविरलाई पनि भत्काइदिएपछि तिनीहरूको हरिबिजोग भएको छ। हावाले क्याम्पको छानो उप्काइदिएको तथा बाँसहरू पनि सबै भाँचिदिएपछि सबै पानी भित्र पस्दा तिनीहरू रातभरि सुत्न नसकेको पैह्रो पिडितहरूले बताएका छन्‌‍। विशेषगरी नानी अनि वृद्ध-वृद्धाहरूलाई निक्कै कष्ट भएको जनाए। हावाले यसरी क्याम्प भत्काएर पानी भित्र पस्दा पलंगमा ओछ्याइएका तथा आफूले लगाइएका समेत सबै लुगाफाटाहरू पनि भिजेर निक्कै असुविधा भएको बताएका छन्‌‍। यसबारे सम्बन्धित सबैले तिनीहरूको पुनर्वास गराउन तथा यस अस्थायी शिविरबाट मुक्त गरिदिन विलम्ब नगरिदिने आग्रह पनि गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त