नेसास-द्वारा भाषा मान्यता दिवसमा युवा पुरस्कार प्रदान 

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): नेपाली साहित्य सम्मेलन, दार्जीलिङले आगामी 20 अगस्तको दिन सम्मेलनको सूधपा सभागृहमा वर्तमान अध्यक्ष डा. चन्द्रकुमार राईको अध्यक्षता एवं वरिष्ठ समाजसेवक तथा धीरधाम ट्रष्टिबोर्डका वर्तमान अध्यक्ष केशरकुमार लिम्बुका प्रमुख आतिथ्यमा गत वर्षहरूमाझैं भव्य रूपमा आयोजन गर्ने निश्चित् भएको छ भनी नेपाली साहित्य सम्मेलनले जानकारी गराएको छ। सम्मेलनको जानकारी अनुसार, नेपाली साहित्य सम्मेलन(नेसास) दार्जीलिङले नेपाली भाषा दिवस आगामी 20 अगस्तको दिन एक कार्यक्रमको अवसरमा प्रतिवर्ष प्रदान गरिने कविवर प्रेम शेर्पा ‘बिरोकी’ स्मृति युवा पुरस्कार पनि प्रदान गरिने छ। यसको निम्ति सम्पूर्ण साहित्यिक संघ-संस्थाहरूलाई यसै विज्ञप्ति मार्फत सूचित गराउदै निम्नलिखित नियमावली अन्तर्गत युवा कविहरूको नाम, प्रतिकृति वा फोटो, ठेगाना, फोन नम्बर, आधार कार्डको फोटोकपी(जेरक्स) र तीनप्रति कविता कृति आगामी 11 अगस्तभित्रमा प्राप्त हुने गरी नेपाली साहित्य सम्मेलनको ठेगानामा पठाउनु पर्नेछ भनी नेसास अध्यक्ष सचिव, नेपाली साहित्य सम्मेलनल निवेदन गरेको छ। जसमा, कृति तथा रचना राजनैतिक, व्यक्तिगत एवं धार्मिक आक्षेप हुनुहुदैन।  मौलिक कृति तथा रचनालाई प्राथमिकता दिइनेछ‌ ।कवि-कवयित्रीको उमेर 35 वर्षभित्रको हुनु पर्नेछ। पुरस्कारको चयन चयन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । तोकिएको मिति वितेर प्राप्त भएको आवेदन साथै बुझाउनु पर्ने आवश्यक विवरण अपूर्ण भएमा मान्यता दिइने छैन। चयन समितिद्वारा पुरस्कारको निम्ति चयनित् कवि वा कवयित्रीको परिचयात्मक विवरण दैनिक पत्रिकाहरूमा प्रकाशित गरिनेछ। पुरस्कृत् व्यक्तित्वलाई शिरशोभा, अङ्गवस्त्र, सम्मान-पत्र, स्मृति चिन्ह र नगद राशि प्रदान गरिने छ भनी सम्मेलनले बताएको छ। सम्मेलनको जानकारी अनुसार, भाषा मान्यता दिवसको यस अवसरमा गत वर्षहरूमाझैं एकजना भाषा-संग्रमी व्यक्तित्वलाई सम्मान-संवर्द्धना गरिने निश्चय भएको छ। यसवर्ष,  मरणोपरान्त भाषा-संग्रामी रतन मोथेलाई प्रदान गरिनेछ । यस समारोहमा उपस्थितिको निम्ति सम्मेलनका सदस्य, असदस्य, सामाजिक, धार्मिक, राजनैतिक विभिन्न संघ-संस्थाहरूका महानुभाव तथा शुभचिन्तकवर्ग उपस्थित भएर समारोहलाई शोभायमान तुल्याई दिनहुन नम्र निवेदन गरेको सम्मेलनद्वारा जनाइएको छ ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त