नेपाली भाषामा बोर्ड लगाउने बारेमा युवा शक्तिको ज्ञापन

Share this news

खरसाङ,  (मोहन प्रसाद): भागोप्रमो युवा शक्तिले खरसाङ नगरपालिकालाई एउटा ज्ञापन बुझाएको छ। उक्त ज्ञापन पत्रमा खरसाङ नगरपालिका क्षेत्रमा रहेका सरकारी एवं गैरसरकारी संस्थान, दोकानपाटहरूमा नेपाली भाषामा साइन बोर्ड लगाउनु पर्छ भनी जोर दिइएको छ। पत्रकारहरूसित बोल्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ साथै युवा शक्ति खरसाङ बजार कमिटीका अध्यक्ष बन्धन लामाले जनाए अनुसार भारत देशको संविधान अन्तर्गत 1992 सालमा नै नेपाली भाषाले मान्यता पाए पनि अझै पनि भाषालाई लिएर हामी गम्भीर हुनु बाँकी नै रहेको छ। अहिले पनि विभिन्न सरकारी कार्यालय, संस्थान साथै दोकान पाटमा नेपाली भाषाको प्रयोग पूर्णरूपमा भएको छैन। पार्टी प्रमुख अनि जीटीए प्रमुख अनित थापाको नेतृत्वमा नेपाली भाषा प्रोयगमाथि विभिन्न पक्षबाट धेरै अघिबाट जोर दिइने कार्य भइरहेको छ भने सोही क्रमलाई अघि बढाउँदै युवा शक्तिले नगरपालिका क्षेत्र संगै पञ्चायत क्षेत्रमा पनि सम्बन्धित पञ्चायत अनि नगरपालिकाको सहयोगमा नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति अपिल गर्ने कार्य भइरहेको छ। गुरुङ अनि लामाले जनाए अनुसार, खरसाङ नगरपालिकालाई नेपाली भाषामा साइन बोर्ड नलगाउने संस्थान अनि दोकान पाटलाई ट्रेड लाइसेन्स संगै अन्य सम्बन्धित सुविधाहरू प्रदान नगरिदिने अपिल गरियो। अर्कोतर्फ नगरपालिकामा पनि नेपाली भाषा प्रयोग विषयमा गम्भीर रहेको बताइयो अनि आउँदो दिनमा यस विषयमा सबैको सहयोगमा कार्य गरिनेछ भनी बताइयो। यसर्थ, मीडिया मार्फत सबैलाई नै नेपाली भाषा प्रयोग गरिदिन युवा शक्तिका नेतृत्वहरूद्वारा पुन: अपिल गरियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त