तीनधारे महानदी समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोह

Share this news

तीनधारे, (निसं): तीनधारेको मिठाईडाँडास्थित खेल मैदानमा तीनधारे महानदी समष्टि स्तरीय 79 औं स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन शिक्षक समिति तीनधारे महानदी समष्टि कमिटीको आयोजनामा सम्पन्न स्वतन्त्रता दिवस समारोहको अध्यक्षता आयोजक समितिको सभापति विकास प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। शिक्षक समिति तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रमलाई शिक्षक सन्तोष लामाले सञ्चालन गरेका थिए। 79 औं स्वतन्त्रता दिवस समारोहमा राष्ट्रिय झण्डा उत्तोलन प्रमुख अतिथिको रुपमा उपस्थित सभासद नवराज छेत्रीको बाहुलीबाट गरिएको थियो। कार्यक्रममा तीनधारे महानदी समष्टिको 23 वटा प्राथमिक पाठशालाहरु र पाँचवटा विद्यालयहरु तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, रेणुका कन्या उच्च माध्यमिक विद्यालय, सुकना उच्चतर माध्यमिक विद्यालय र ब्लु डाईमण्ड अंग्रेजी स्कूल घैयाबारीले सहभागिता जनाएका थिए। कार्यक्रममा यस वर्षको माध्यमिक र उच्च माध्यमिक परीक्षामा समष्टि टप्पर बनेका विद्यार्थीहरुलाई सम्मान जनाइएको छ। त्यसरी नै तीनधारे महानदी समष्टिको नरबुङ निवासी पिता शिक्षक डीपी प्रधानकी सुपुत्री डा प्रगति प्रधानलाई सम्बर्ध्दना जनाइएको छ। स्वतन्त्रता दिवस समारोहमा विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरिएको छ जसमा मार्चपाट्स, नृत्य, बलुन रेस, 50 र 100 मीटरको रेस, 400 मीटरको रिले रेस, म्युजिकल चेयर आदि आयोजना गरिएको थियो। यस अन्तर्गत नृत्य प्रतियोगितामा ब्लु डाईमण्ड अंग्रेजी स्कूल घैयाबारी प्रथम, तीनधारे कन्या विद्यालय दोस्रो र सुकना तेस्रो भएका छन्‌‍। त्यसरी नै मार्च पाट्समा प्रथम रेणुका कन्या विद्यालय, दोस्रो तीनधारे कन्या विद्यालय र तेस्रो ब्लु डाईमण्ड स्कूल घैयाबारी बनेका छन्‌‍ स्वतन्त्रता दिवस समारोहको अवसरमा नै दार्जिलिङ हिमालयन रेलवे र शिक्षकहरुमाझ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। यस खेलमा रेलवे 5-1 को अन्तरले सजिलै विजय बनेका छन्‌‍। कार्यक्रममा मार्च पाट्सको इतिहास विषयमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रभारी शिक्षिका रञ्जना प्रधानले वक्तव्य राखेकी थिइन्‌‍। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन राख्दै सभासद नवराज छेत्रीले शिक्षक समितिको आयोजनामा स्वतन्त्रता दिवस समारोह सफलतापूर्वक सम्पन्न भएको र आगामी वर्ष पनि शिक्षक समितिको आयोजनामा नै सम्पन्न हुने बताएका छन्‌‍। उनले तीनधारे महानदी समष्टिको प्राथमिक पाठशालाहरु र हाई स्कूलहरु पनि सोमबार एक दिन छुट्टीको घोषणा गरेका छन्‌‍। उनले यसपाली कार्यक्रम सफल बनेको बताउँदै आगामी वर्ष पनि शिक्षक समितिको आयोजनामा नै स्वतन्त्रता दिवस समारोह सम्पन्न हुने र तीनधारे महानदी समष्टिको सम्पूर्ण प्राथमिक पाठशालाहरु र विद्यालयहरुलाई सहभागिताको लागि निवेदन गरेका छन्‌‍। कार्यक्रममा शिक्षक समिति तीनधारे महानदी समष्टिको सभापति बिमल शेर्पा, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, घैयाबारी ग्राम पञ्चायतको उप प्रधान केवल राई लगायत विभिन्न विद्यालयहरुका प्रधान अध्यापक अध्यापिकाहरु, शिक्षक प्रभारीहरु उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै शिक्षा समिति तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्री, उप सभापति संग्राममणि वाइबा र सभासद नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त