ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुका लागि सुरक्षा बेल्टहरु प्रदान

Share this news

खरसाङ,1 जुलाई(निसं): खरसाङ पुलिस थाना अन्तर्गत गाड़ीधुरा पुलिस आउट पोष्टको ट्राफिक ओसी सञ्जीव दत्तको अगुवाईमा 3 वर्षदेखि 7 वर्षसम्मका विद्यार्थी नानीहरुलाई सुरक्षाको लागि बाइकमा पछाड़ी पक्रनलाई सुरक्षा बेल्ट प्रदान गरेका छन्। गाड़ीधुरा ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलबार 1 जुलाईदेखि आगामी 8 जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेभ ड्राइभ सेफ लाइभ आयोजना गरिएको छ। यही सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सुरक्षाको लागि सुरक्षा बेल्टहरु प्रदान गरिएको छ। यस क्षेत्रमा रहेका अभिभावकहरुले विद्यार्थी नानीहरुलाई बाइक र स्कुटीको पछाड़ी लाने गर्छन् जुन सुरक्षित नरहेको कारणले ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा 3 देखि 7 वर्षसम्मका जम्मा 25 जना नानीहरुका लागि अभिभावकहरुलाई सुरक्षा बेल्ट प्रदान गरिएको छ। यसले गर्दा अभिभावकको बाइक र स्कुटीको पछाड़ी विद्यालय जाने विद्यार्थी नानीहरुलाई सुरक्षा प्रदान गर्दछ। ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तले तिनको अगुवाईमा सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत 8 जुलाईसम्म ट्राफिक सचेतनाको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त