जीटीएले खरसाङमा भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने

Share this news

खरसाङ, (सुवास छेत्री)ः गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन, सूचना एवम्‌‍ सांस्कृतिक विभागले जीटीएका विभिन्न क्षेत्र सरह खरसाङ्मा पनि नेपाली भाषा मान्यता दिवस भव्यताका साथ पालन गर्ने भएको छ। यसको निम्ति सोमवार यहाँको टाउन सार्वजनिक भवनमा एउटा सभा बस्यो। सभामा विशेषगरी खरसाङ्मा भाषा मान्यता दिवस कसरी पालन गरिने औ यसको निम्ति केकस्ता तयारीहरू गर्नुपर्ने भन्ने विषयमा चर्चा गरियो। खरसाङ नगरपालिका उपाध्यक्ष तथा जीटीए जनसम्पर्क अधिकारी सुवास प्रधानले सञ्चालन गरेको सभामा जीटीए सूचना एवम्‌‍ सांस्कृतिक विभागका भारप्राप्त सभासद्‌‍ अनोश थापा, कार्यकारी सभासद्‌‍ रतन थापा, श्याम शेर्पा, जनसम्पर्क अधिकारी विज्ञान मिस्त्रा,विभागीय अधिकारी गोविन छेत्री, भागोप्रमो नारी शक्ति प्रतिनिधि सबिता कार्की लगायत विभिन्न क्षेत्रका पञ्चायत सदस्यहरू अनि विभागीय सदस्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए सूचना एवम्‌‍ सांस्कृति विभागका भारप्राप्त सभासद्‌‍ अनोश थापाले यसवर्ष पनि जीटीएले आफ्नो क्षेत्रमा महिनाव्यापी रुपमा पाँचवटा स्थानमा भव्यतासाथ नेपाली भाषा मान्यता दिवस पालन गर्ने भएको जानकारी गराए। तिनले यसै अन्तर्गत खरसाङ्मा पनि आगामी 21 अगस्त स्थानीय विद्यार्थीहरूमाझ कविता आवृत्ति प्रतियोगिता गरिने तथा खुल्ला कविगोष्ठीको आयोजना गरिने बताए। तिनले त्यसदिन खरसाङ शहरमा सर्वप्रथम बिहान 10 बजीदेखि एउटा विराठ ऱ्याली निकालिने औ त्यसपछि यहाँको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा एक विशेष कार्यक्रमको आयोजना गरिने बताए। थापाले विद्यार्थीहरूको कविता आवृत्ति प्रतियोगितासँगै कवि गोष्ठीको पनि आयोजना गरिने जनाउँदै यी कार्यक्रमहरूमा सबै नागरिकहरूलाई उपस्थित भइदिने आग्रह गरेका छन्‌‍। तिनले आह्वान गर्दै हामीले हाम्रो भाषाको संरक्षण र जगेरा गर्नुपर्छ भन्दै त्यसदिन बिहान नौ बजीनै भेला भइदिने आग्रह गरेका छन्‌‍। त्यस कार्यक्रममा भेला भएर कार्यक्रमलाई सफल पारिदिने अनुरोध पनि थापाले गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त