गोजमुमो-द्वारा निरक्षण,पुल मर्मत कार्य आरम्भ 

Share this news

रिम्बिक,19 जुलाई(निसं): गोर्खा जनमुक्ति मोर्चा रिम्बिक लोधोमा समष्टिको एक टोलीले आज भत्किएको सिरीखोला ब्रीज प्रोटेकसन वाल-को स्थलगत भ्रमण गरेको छ। केही दिन अघि उक्त पुलको वाल चर्किएको थियो भने यस विषयलाई केन्द्र गर्दै हाल पुन निर्माणको कार्य अघि बडिरहेको छ। यस्तोमा गोजमुमो नेता नरेन्द्र काम्बाङको अगुवाईमा रहेको टोलीले पुलको सुरक्षालाई मध्यनजर गर्दै कुनै प्रकार लापरबाही हुन नदिने बताएको छ। पुलको वास्तविक  वस्तुस्थिति अध्ययन र निरिक्षण गर्दा  ब्रिजको फाउण्डे सनलाई भविष्यमा हुने समस्यालाई ध्यानमा राखी विभागीय पहलको माग टोलीले गरेको छ। यस क्रममा काम्बाङले विभागले पुननिर्माणको साथ कडा कार्यवाही गरिने भनिएतापनि हालसम्म विभागको पक्षबाट स्थलगत भ्रमण भने नभएको बताए। उनले, पुलको अवस्थालाई लिएर स्थानीय सभासद नोर्देन शेर्पाले चाडो कार्वाहीको निम्ति विभागलाई पत्रचार गरेकोमा आभार प्रकट गर्दै सभासदको पहल सकारात्मक रहेको बताए। काम्बाङले घटनालाई कतिपय स्थानीय समाजिक संजालले सामान्य बताएकोमा खेद प्रकट गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त