गोजमुमोद्वारा रम्माम हाईडल प्रोजेक्ट अधिकारीहरूसँग भेट 

Share this news

रिम्बिक24 जुलाई(निसं): गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) रिम्बिक-लोधोमा समष्टिको एक प्रतिनिधि टोलीले समष्टिभरिका विविध समस्याहरूलाई लिएर मंगलबार रम्माम हाईडल प्रोजेक्टका प्रसाशनिक अधिकारीहरूसंग भेट गऱ्यो। उक्त भेटअवधि मुख्य रूपमा रिम्बिक ग्राम पञ्चायतस्थित तुवुनको पैह्रोसँगै कम्पनी अधिनस्थ पर्ने समष्टिका विभिन्न बाटोहरूको अवस्थाबारे अवगत गराईयो। बर्खाको मौसममा पुनः पैह्रो थपिएर यातायातमा समस्या भइरहेकोले प्रोजेक्ट अधिनस्थ बाटो मरम्मतिका कामहरू समयमै सुरू गरेर समाप्त गर्नु पर्ने विषयमाथि प्रोजेक्टका अधिकारीहरूको ध्यानाकर्षण गराइयो। यसका साथमा विगतमा झै प्रोजेक्टले सि एस आर योजनाबाट काम गर्नुपर्ने तथा यसको निम्ति क्षेत्रीय सभासद अनि ग्रामपंचायत जन प्रतिनिधिहरुले प्रोजेक्ट कहाँ दबाब दिएर काम गर्नु जिम्मेवारी बन्ने भए पनि सभासद स्वंय ठेकदार संगठनको सभापति  भएर जनप्रतिनिधि रुपमा हलुङ्गो भई प्रस्तुत हुनु वास्तवमा जन प्रतिनिधित्वको विपरीत भएको प्रतिनिधि टोलीको पक्षमा नरेन्द्र काम्बाङले बताए।
प्रतिनिधि टोलीमा गोजमुमो केन्द्रिय समिति सदस्य नरेन्द्र काम्बाङ, समष्टि प्रतिनिधि भक्त खडका ,ललित चन्द प्रधान,दिनेस छेत्री,बिनोद भट्टराई अनि उदयमणि प्रधानसहित मोठ 6 सदस्यहरु सामेल थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त