खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न

Share this news

खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजको सदस्यहरूलाई लिएर एकल अनि जोड़ी क्याराम प्रतियोगिता सम्पन्न गरियो। समाजका वरिष्ठ सदस्य एवं प्रमुख सल्लाहकार रामु राउतको अध्यक्षता र मूल सचिव वीरबल पाख्रीनको सञ्चालनमा सम्पन्न यस प्रतियोगितामा एकल खेलाड़ीहरू आठजना अनि जोड़ी खेलाड़ीहरू जम्मा चार टिम थिए। खेल शुरू हुनभन्दा अघि भर्खरै मात्र दिवंगत भएका स्वर्गीय रेणुका गुरुङ्को सम्झनामा छिमी बालेर समाजको गीतको धुन बजाएर चिर आत्मा शान्तिको निम्ति मौन धारण गरियो। रामु राउत र नारायण राईको बाहुलीबाट क्याराम प्रतियोगिता आरम्भ गरिएको थियो। यस क्याराम प्रतियोगितालाई खरसाङ महकुमा खेलकूद संघका आमन्त्रित निर्णायक विकास तामाङ र रमोद गुरुङ रहेका थिए। एकल प्रतियोगितामा पवन रसाईली, वीरबल पाख्रीन, सुजय गुरुङ, अनुप प्रधान, जनबस्को राई, प्रभाकर लामा, विरेन गिरी र अमिर भुषाल थिए भने जोड़ी प्रतियोगिमा वीरबल पाख्रीन र जनबस्को राई, लक्ष्मण छेत्री र सत्यम छेत्री, अमिर भुषाल र बिरेन गिरी अनि सुजय गुरुङ र अनुप प्रधान रहेका थिए। एकल खेलको पहिलो विजेता वीरबल पाख्रीन अनि दोस्रो विजेता सुजय गुरुङ र जोड़ी खेलको पहिलो विजेता अमिर भुषाल र विरेन गिरी अनि दोस्रो विजेता सुजय गुरुङ र अनुप प्रधान भएका थिए। सम्पूर्ण खेलाड़ीहरू लगायत पहिलो अनि दोस्रो हुने खेलाड़ीहरूलाई नगद राशि पारितोषिकको रुपमा वितरण गरियो। दुवै निर्णयाक रामु राउत र बिपेन्द्र राईलाई समाजको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो। यस खेलमा सह कोषाध्यक्षद्वय निम लमु शेर्पा र भिमु तामङ, कार्यकारिणी सदस्यहरू र अन्य समाजको सदस्यहरू उपस्थित थिए। समाजको युवावर्गले यस क्याराम प्रतियोगिता विषय समाजलाई प्रस्ताव राखेको कारण उनीहरूको सकारात्मक सोच अनि पहलको कदर गर्दै युवावर्गलाई कुलत साथै विभिन्न सामाजिक क्रिया कलापमा संलग्न गराएर समाजको मूलधारामा ल्याउनु रहेको जानकारी समाजको मूल सचिव वीरबल पाख्रीनले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त