खरसाङ नगरपालिकालाई रामकृष्ण शर्माको सुझाउ

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रन्टका खरसाङका प्रवक्ता रामकृष्ण शर्माले एउटा भिडियो जारी गर्दै मिडिया मार्फत् खरसाङ नगरपालिकालाई सुझाउ दिएका छन्। शर्माले धेरै अघिदेखि खरसाङवासीले भोग्दै गरेका विभिन्न समस्यालाई समाधान गर्ने खरसाङ नगरपालिकासित अनुरोध गरेका छन्। नगरपालिका क्षेत्रमा विगत धेरै महिनादेखि स्ट्रीट लाईट नबलेकोले रातिको समयमा धेरै समस्या मानिसहरूले भोगिरहेका छन्। रातिको समयमा स्ट्रीट लाईट नबलेकोले साथै घनघोर अँध्यारोको लाभ उठाएर आपराधिक घटनाहरू घट्न सक्ने सम्भावनालाई तिनले उठाएका छन्। स्ट्रीट लाईट नबलेकोले रहेकोले स्थानीय मानिसहरूले भोग्न परिरहेको समस्यालाई शर्माले उठाएका छन्। शर्माले भनेका छन्, खरसाङ नगरपालिकाले अहिलेसम्म शहरमा रहेका स्ट्रीट लाईटहरूमा नयाँ बल्ब लगाउन सकेको छैन्। केवल नयाँ बल्ब लगाउन मात्र होइन, खरसाङ मोटर स्ट्याण्डमा धेरै समयदेखि बन्द अवस्थामा रहेको क्लक टावरको घड़ी र त्यहाँको एलसीडी स्क्रीन सुचारु गर्न नगरपालिकाले सकेको छैन् । खरसाङ नगरपालिकालाई हामी सुझाउको साथै अनुरोध गर्न चाहन्छौँ कि नगरपालिकाले केवल एउटा पत्र लेखेर इण्डियन गोर्खा जनशक्ति फ्रन्टलाई स्ट्रीट लाईटको बल्ब फेर्नको निम्ति अनुमति दिओस् । हामी खरसाङ शहरको स्ट्रीट लाईटमा नयाँ बल्ब लगाउनेछौँ। यदि नगरपालिकाबाट अनुमति पाए भने मोटर स्ट्याण्डमा रहेको क्लक टावरको घड़ी साथै स्क्रीनलाई पनि हामी पुन: सञ्चालन गर्नेछा शर्माले खरसाङ नगरपालिकालाई कटाक्ष गर्दै नगरवासीहरूको हितमा यस्ता सा-साना समस्याहरूको समाधान वर्तमान नगरपालिका प्रशासनिक बोर्डले गर्न नसकेको आरोप लगाएका छन्। तिनले कुर्सीको सम्मान राखेर भएपनि जनहितमा कार्य गरिदिने अपिल नगरपालिका समक्ष गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त