दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता

Share this news

खरसाङ, 29 जून (निसं)ः खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने डबल्समा पनि ललित सेवा र प्रमीर राईको जोड़ीले जितेको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजना तथा स्याङ्देन परिवारको प्रायोजनमा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न दुई दिवसीय क्यारम प्रतियोगिता 28 जून शनिवारदेखि शुरु भएको थियो भने आईतवार 29 जूनको दिन दुवै वर्गको सेमी फाइनल र फाइनल खेल सम्पन्न भएको छ। आईतवार भएको पहिलो सेमी फाइनल खेलमा प्रभास थापा र विकास छेत्रीको जोड़ीलाई विपन आले र अभिषेक गोयलको जोडीले जितेर फाइनलमा प्रवेश गरेका थिए। दोस्रो सेमी फाइनलमा ललित सेवा र प्रमीर राईको जोडीले जितेर फाइनलमा प्रवेश गरेको थियो। फाइनल खेलमा विपन आले र अभिषेक गोयलको जोड़ीलाई ललित सेवा र प्रमीर राईको जोड़ीले 20-23 को अन्तरले जितेर स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको डबल्सको उपाधि जितेको छ। त्यसरी नै सिंगलमा ललित सेवाले गत वर्षको च्याम्पियन नकुल छेत्रीलाई 16-9 को अन्तरले पराजित गरेर उपाधि जितेका छन्। उक्त क्यारम प्रतियोगिताको डबल्सको विजेतालाई स्व. धर्मे तामाङ्की पत्नी काँइली तामाङ र परिवारका सदस्यहरु, खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन लगायत अन्यको बाहुलीबाट ट्रफीहरु प्रदान गरिएको छ। ट्रफीको साथमा 6 हजार र उप विजेतालाई ट्रफीको साथमा 3 हजार अनि सिंगल्सको विजेतालाई ट्रफीको साथमा 4 हजार र उप विजेतालाई ट्रफीको साथमा 2 हजार रुपियाँ पनि प्रदान गरिएको छ। फाइनलमा सम्पन्न कार्यक्रमलाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन सभापति मोहन योञ्जनले राखेका थिए। कार्यक्रमलाई खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यले सम्बोधन गरेका थिए। यस फाइल खेलमा अतिथिको रुपमा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन, संरक्षक टीटी लामा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान समीरदिप ब्लोन, खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, खरसाङ ब्याटमिन्टन एसोसिएसनको सभापति प्रेमेन्द्र गुरूङ, बडी बिल्डिङमा अन्तर्राष्ट्रिय जर्ज सञ्जय छेत्री, राज्य स्तरीय जर्ज अजय गुरुङ, विद्युत विभागको डिभिजनल म्यानेजर सन्दीप तामाङ, प्रेस क्लब अफ् खरसाङको सभापति एमएल पञ्चम लगायत अन्यहरु उपस्थित रहेका थिए। यस दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा वर्षभरिमा नै विभिन्न खेलहरु आयोजना गरिन्छ जसमा क्यारम पनि हो र यस क्यारम बोर्ड प्रतियोगितामा प्रायोजकको लागि स्व. धर्मे तामाङको परिवार स्याङ्देन परिवारप्रति आभार प्रकट गरेका छन्। उनले यस प्रतियोगितामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले खरसाङ महकुमा खेलकूद संघको अर्को खेल आगामी 12 र 13 जुलाईमा टेबल टेनिस र 26 र 27 जुलाईमा ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिने जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त