5 वर्षदेखि 14 वर्षसम्मकालाई करातेको प्रशिक्षण प्रदान गरिने

Share this news

खरसाङ, (मोहन प्रसाद): खरसाङ स्थित मन्टिभियट ग्राम सुधार समिति अन्तर्गत रहेका पाँचवटा गाउँका पाँच वर्षदेखि 14 वर्षसम्मका बाल-बालिका अनि किशोर-किशोरीहरूलाई करातेको प्रशिक्षण दिईने छ। दर्पणसित कुरा गर्दै मन्टिभियट ग्राम सुधार समितिका अध्यक्ष प्रणय रोकाले जनाए अनुसार, मन्टिभिएटको सार्वजानिक भवनमा आज एउटा मन्टिभियट सभा सम्पन्न भयो। सभामा मन्टिभियट ग्राम सुधार समिति अन्तर्गत रहेका पाँचवटा गाउँका सबै प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा गाउँ-समाजको विभिन्न विषयहरू संगै आउँदो दिनमा समितिद्वारा के-कस्ता कार्यक्रमहरू गर्न पर्ने भन्ने विषयमा पनि चर्चा-परिचर्चा गरियो। चर्चा-परिचर्चापछि सभामा निर्णय लिए अनुसार गाउँका बाल-बालिका अनि किशोर-किशोरीहरूलाई शारीरिक रूपमा एवं मानसिक रूपमा चुस्त दुरुस्त अनि सक्रिय राख्नको निम्ति कराते प्रशिक्षण प्रदान गरिने छ । विशेष, कराते प्रशिक्षण 5 वर्षदेखि 14 वर्षसम्म उमेर सम्मकाहरूलाई दिइने छ। तिनले थप जनाए अनुसार कराते प्रशिक्षण क्षेत्रका प्रतिष्ठित कराते मास्टरहरूद्वारा गरिने छ। समितिद्वारा स्वतन्त्र दिवस गाउँमा भव्य रूपमा पालन गर्ने निर्णय पनि सभामा लिइयो। यस बाहेक आगामी 12 अक्टोबरमा समितिको स्थापना दिवस कुन प्रकारले पालन गर्ने उक्त विषयमा व्यापक चर्चा-परिचर्चा गरियो। प्रत्येक वर्ष झैं यस वर्ष पनि दुर्गा पूजा स्थानीय सार्वजनिक भवनमा भव्य रूपमा आयोजन गर्ने निर्णय पनि सभा लिइएको रोकाले जनाए। समितिले गाउँ-घरको अन्य विभिन्न विषय र समस्याहरू बारे पनि व्यापक रूपमा चर्चा-परिचर्चा भएको रोकाले बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त