पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

Share this news

खरसाङ, 16 जुलाई (निसं): पाँचघरे ग्राम सुधार समितिले पालन गऱ्यो आफ्नो 60 औँ स्थापना दिवस। खरसाङ बजारदेखि लगभग 6 किलो मिटर तल रहेको अम्बटे चियाबारी अन्तर्गत पाँचघरे ग्राम सुधार वेलफेयर समितिले आफ्नो 60औँ स्थापना दिवस पालन गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ। स्थापना दिवसको अवसरमा बिहान गाउँको जलपादेवी अनि सिंहदेवी मन्दिरमा गाउँलेहरूले पूजा-अर्चना गरे। पूजापछि गाउँस्थित सार्वजनिक भवनमा स्थापना दिवस समारोह अनि वार्षिक सभा सप्पन्न गरियो। समितिका अध्यक्ष तारा थापाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा वर्तमान समिति कार्यकारी पदाधिकारीवर्गको तीन वर्षीय कार्यकाल सिद्धिएकोले नयाँ कमिटीको पनि गठन गर्ने निर्णय गरियो। चर्चा-परिचर्चा गरेपछि सर्वसम्मतिमा लिइएको निर्णय अुसार नयाँ कार्यकारिणी समिति गठनको निम्ति पदाधिकारीहरूको चयन गरियो। जसमा बलराम प्रधान अध्यक्ष, प्रणय प्रधान उपाध्यक्ष, मूल सचिव विषेश खाती, सह सचिव केवल थापा, मूल कोषाध्यक्ष सुषमा थापा, सह कोषाध्यक्ष एलिना थापा चयन भएका छन्‌‍। समारोहमा गाउँका स-साना बाल-बालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए। शिक्ष र अध्ययनप्रति प्रोत्साहन प्रदान गर्न यसवर्ष बोर्ड परीक्षा उतिर्ण गर्ने 16 जना विद्यार्थीहरुलाई समितिको पक्षबाट बधाई अनि शुभकामना दिँदै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा दिवंगत आफन्तको पुण्य स्मृतिमा समितिलाई आवश्यक सामाग्रीहरू प्रदान गरेर सहयोग पुऱ्याउने सदस्यहरुलाई आभार प्रकट गर्दै स्मृति चिन्ह प्रदान गरियो। समिति मूल कोषाध्यक्ष सारिका राईले वार्षिक हर-हिसाबको फाँटवारी प्रस्तुत गरिन्‌‍। समारोहको सञ्चालन मूल सचिव देवकुमार थापा अनि तुषार राईले गरेका थिए भनी सचिव थापाले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त