सुपर ओभरमा दिल्लीको जगजगी

Share this news

दिल्ली — दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । सुपर ओभरमा राजस्थानले ५ बल खेलेर दुवै विकेट गुमाई ११ रनमात्र बनाउन सकेको थियो । दिल्लीबाट केएल राहुल र ट्रिस्टन स्टब्सको जोडीले ४ बलमै १३ रन बनाएको थियो ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको दिल्लीले अरुण जेट्ली रंगशालामा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो ।

जवाफमा आएको राजस्थानलाई अन्तिम ओभरमा विजयका लागि ९ रन आवश्यक थियो । त्यो अन्तिम बलमा २ रन बनाउनुपर्ने अवस्थामा पुगेको थियो । तर ध्रुव जुरेलले १ रनमात्र बनाउन सकेपछि खेल ‘टाइ’ हुँदै पुगेर सुपर ओभरमा पुगेको थियो ।

दिल्लीको ६ खेलमा यो पाँचौं विजय हो । यता राजस्थानले ७ खेलमा ५ पराजय भोगिसकेको छ । दिल्लीबाट अभिषेक पोरेलले ३७ बल खेल्दै ५ चौका र १ छक्कासहित ४९, राहुलले ३२ बलमा समान २ चौका र छक्कासहित ३८, स्टब्सले १८ बलमा अविजित ३४, कप्तान अक्षर पटेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए । राजस्थानबाट जोफ्रा आर्चरले २ विकेट लिए ।

राजस्थानबाट यशस्वी जयसवालले ३७ बल खेल्दै ३ चौका र ४ छक्कासहित ५१, सञ्जु सामसनले १९ बलमा ३१, नितिश रानाले २८ बलमा ६ चौका र २ छक्कासहित ५१ तथा जुरेलले १७ बलमा २६ रन बनाएका थिए ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त