साहित्य कला संस्थान्‌‍ तीनधारेको आयोजनामा 211 आौँ भानु जयन्ती समारोह

Share this news

साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा 211 औँ भानु जयन्ती समारोह सम्पन्न भएको छ। तीनधारेको महात्मा गान्धी हलमा सम्पन्न उक्त भानु जयन्ती समारोहलाई साहित्य कला संस्थान तीनधारेका सभापति रञ्जनकुमार रसाइलीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका रञ्जना प्रधान उपस्थित रहेकी थिए। स्वागत भाषण साहित्य कला संस्थानका मूल सचिव सन्तोष लामाले राखेका थिए। आदि कवि भानुभक्त आचार्यको तस्वीरमा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीबाट धुप-दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा रामायण पाठ गैरी गाउँका युवाहरूले गरेका थिए। कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, सारथी स्वनिर्भर दल, ग्राम कल्याण समिति क्रिकेट बजार, रिगल एकाडेमी, गैरी गाउँ आदिका कलाकारहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सेवान छेत्री र सृष्टि सुनारले कविता वाचन गरेका थिए भने स्नेह बरदेवाले लेख प्रस्तुत गरेकी थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका रञ्जना प्रधानले आफ्नो सम्बोधनमा साहित्य कला संस्थान तीनधारेले असल र सफल समाज निर्माणको लागि यस्ता कार्यक्रमहरू आयोजना गरिरहेको र यस्ता कार्यक्रमहरूमा विद्यार्थीहरूको सहभागिता महत्वपूर्ण हुने बताएइन्‌‍। उनले आदि कवि भानुभक्त आचार्यले हाम्रो भाषा र संस्कृतिलाई उच्च स्थानमा पुराएको बताउँदै आदि कवि भानुभक्त आचार्यलाई श्रध्दाञ्जली अर्पण गरिन्‌‍। उनले यस्तो कार्यक्रमहरू हुन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरुबाट नानीहरूले नैतिक शिक्षा सिक्ने बताइन्‌‍। प्रमुख अतिथि रञ्जना छेत्रीले आजको समाजमा संस्कार हराएर गएको बताउँदै नानीहरूलाई नैतिक शिक्षा आवश्यक रहेको बताइन्‌‍। कार्यक्रम अध्यक्ष रञ्जनकुमार रसाइलीले पनि वक्तव्य राखेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त