सड़क बिचैमा फोहोर-मैला फालिएपछि समस्यामा मानिस

Share this news

खरसाङ, (निसं): खरसाङ शहरलाई स्वच्छ र सफा राख्नको निम्ति नगरपालिकाको दायित्य हो भने यसमा नगरवासीको दायित्व पनि त्यतिकै रहन्छ। नगरपालिकाका कर्मचारीहरूले विभिन्न स्थानबाट फोहोर-मैला संग्रह गरेर सुन्तलेको ट्रिट्मेन्ट प्लान्टमा लैजाने गर्छन्‌‍। नगरपालिका कर्मचारीहरूलाई आफ्नो घर-दोकान, कार्यालय, रेस्टुरेन्ट, होटलबाट निस्किएको फोहोर-मैला दिने नगरवासीको दायित्व हो तर कतिपयले फहोर-मैला जतासुकै फाल्ने गर्छन्‌‍, झोड़ा-नाला अथवा आफूलाई सजिलो स्थानमा फालिदिन्छन्‌‍, यसो गर्नु गलत हो भनी सुधपा टोलको कप्तान सुरज शर्म पथमा हिँड़िरहेका कतिपय व्यक्तिहरूले बताए। सुधपा टोलको यस पथमा कतिपय मानिसहरूले फालेको फोहोर-मैला सड़कम बिचैमा छरिएको अवस्थामा थियो। घरबाट अथवा होटलको फालिएको खानेकुरो प्लास्टिकको थैलामा हालेर यहाँ फालिएको थियो। उक्त खानेकुरो कुकुरहरूले खाइरहेका थिए। सड़कमा फालिएको उक्त फोहोर-मैलाबाट दुर्गन्ध आइरहेको मानिसहरूले बताए भने कतिपयले फोहोर-मैलामा मानिसको मल रहेको पनि दावी गरिरहेका थिए। यसरी सड़मा फोहोर-मैला फालिएकोले मोटर बाईक-स्कुटी वा गाड़ीहरू चिप्लिने सम्भावना पनि बनेको बनेको थियो। विगत केही वर्षदेखि खरसाङ नगरपालिकाले घर-दैलो फोहोर-मैला संकलन गर्ने गरेको छ। शहरी क्षेत्रमा प्रत्येक दिन फोहोर-मैला उठाइने गरिन्छ भने शहरदेखि बाहिरका क्षेत्रहरूमा हप्तामा दुई अथवा तीन पल्ट फोहोर मैला संकलन गर्ने गरिन्छ। नगरपालिकाले यसरी घर-दैलो फोहोर-मैला संकलन गर्ने कार्य गरिरहेको भए तापनि कतिपय मानिसहरूले यस प्रकार फोहोर-मैला सड़क, नाली, झोड़ा, बाटो किनार, कुनाकाप्चामा फाल्ने गरेका पाइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त