रंगमूक चन्द्रमानधुरामा सुर संगीत प्रशिक्षण केन्द्रको सुरुवात

Share this news

सोनादा , (निसं): रंगमूक चन्द्रमानधुरामा सुर संगीत प्रशिक्षण केन्द्रको सुरुवात वरिष्ठ उपाधि संगीतकार मानसिंह राईको बाहुलीबाट विधिवत उद्घाटन गरेर तरङ्ग सुर संगीत केन्द्र सोनादाको सम्बन्धनमा गरियो। प्राध्यापक निरज राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो भने कार्यक्रमलाई किरण थापाले सञ्चालन गरेका थिए एवं स्वागत भाषण सन्तोष राईले गरेका थिए। स्वागत भाषणलाई सम्बोधनमा सन्तोष राईले भने, उक्त कार्यलाई सफल बनाए भविष्यमा नानीहरूको भविष्य त राम्रो हुन्छ नै त्यसको साथमा नानीहरू बहुप्रतिभाशाली पनि हुन्छ। संगीत तथा खेलकुदमा राम्रो प्रशिक्षण लिए नानीहरू अनुशासित हुन्छ र नराम्रा तथा नशालु पदार्थदेखि पनि टाढ़ा रहन्छ। आज हामीले नानीहरूको उज्ज्वल भविष्यको निम्ति यो सांगीतिक केन्द्र खोलेका छौँ र अझ हामी नित्य तथा खेलकुदको पनि केन्द्र खोल्ने प्रयासमा रहेका छौँ। कार्यक्रममा नानीहरू तथा स्थानीय बासिन्दाहरूको व्यापक उपस्थिति रहेको थियो भने अन्तमा अध्यक्षको सम्बोधन पछि कार्यक्रमलाई समापन गरिएको थियो।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त