‘मिस नेपाल क्यानडा’ को उपाधि सुवेदीलाई

Share this news

काठमाडौँ — नेपाली समुदायको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘मिस नेपाल क्यानडा २०२५’ को उपाधि अनु सुवेदीले जितेकी छन् भने ‘मिसेस नेपाल क्यानडा २०२५’ को उपाधि मेग्ना गजमेरले हात पारेकी छन् ।

ब्राम्पटनस्थित स्प्रेन्जा पार्टी हलमा सम्पन्न प्रतियोगिताक दुवै विजेतालाई गत वर्षकी मिसेस नेपाल क्यानडा सृष्टि श्रेष्ठले ताज लगाइदिएकी थिइन् । प्रतियोगितामा १० जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए, जसमा ओन्टारियोसहित अन्य प्रान्तबाट समेत सहभागी आएका थिए ।

प्रतियोगितामा मिस क्याटेगोरीतर्फ प्रशंसा भट्टले फस्ट रनरअप तथा स्वर्णपरी श्रेष्ठले सेकेन्ड रनरअप हासिल गरिन् । त्यस्तै, मिसेस क्याटेगोरीमा मञ्जु बस्नेत फस्ट रनरअप र प्रतीक्षा कुँवर सेकेन्ड रनरअप घोषित भए ।

प्रतिभा प्रदर्शनका विभिन्न उपविधामा पनि प्रतिस्पर्धीले उत्कृष्टता देखाए । क्याटवाकतर्फ अनु सुवेदी, फोटोजेनिकमा प्रतीक्षा कुँवर, विस्डम विधामा सरिता पन्त, पिपुल्स च्वइस अवार्डमा पुष्पाञ्जली आचार्य, एलेक्वेन्समा मञ्जु बस्नेत, कन्फिडेन्समा स्वर्णपरी श्रेष्ठ, बेस्ट ड्रेस विधामा प्रशंसा भट्ट, काइन्डनेस अवार्डमा मेग्ना गजमेर विजयी बने ।

त्यस्तै, सामाजिक प्रभाव (सोसल इम्प्याक्ट) विधामा अनु सुवेदी र प्रेरणादायी (इन्स्पिरेसन) विधामा पुष्पाञ्जली आचार्यले अवार्ड हात पारे ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त