भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा मार्गरेट्स होप क्षेत्रमा विकासका कार्यहरू भईरहेको दाबी

Share this news

सोनादा, (निसं): टुङ सन्त मेरिज समष्टिको भागोप्रमो प्रतिनिधि टोलीले अनित थापाले गरेका विकासको कामहरु र उपलब्धिहरुको सराहना गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रन्टका एक-दुई व्यक्तिहरूले गाउँका मानिसहरूलाई भड्काउने कार्य गरेको आरोप लगाएका छन्‌‍। यस विषयमा एक भिडियो जारी गर्दै दिपेन्द्र सुब्बाले मार्गरेट्स होप क्षेत्रमा जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको नेतृत्वमा विकासको कार्य भईरहेको दाबी गरेका छन्‌‍। उनले टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा साथै मार्गरेट्स होप र बालासान क्षेत्रका भागोप्रमो प्रतिनिधिहरुलाई लिएर प्रेस भेला बोलाएर यस क्षेत्रमा विपक्षी दलले विकास नभएको भन्ने कुराको खण्डन गरेका छन्‌‍। उनले केही समय अघि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले सामाजिक सञ्जालमा दुई महिनाभित्रमा पुल निर्माणको कार्य शुरु गरिने भन्ने विषय राख्दै विकास नभएको ठाउँ भनेर सामाजिक सञ्जालमा हालेको भन्दै विरोध जनाएका छन्‌‍। उनले यस क्षेत्रमा पुल निर्माण गरिदिने भनेर जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासद नुरी शेर्पाले यस क्षेत्रलाई अनदेखा गरेको जस्तो प्रचार गरिएको तर उहाँहरु यस क्षेत्रको विकासमा कटिबद्ध रहेको र विकासका कार्यहरू पनि भईरहेको बताएका छन्‌‍। उनले यस क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा र क्षेत्रीय सभासद नुरी शेर्पाको अगुवाई र पहलमा विकासका कार्यहरु भईरहेको र कतिवटा हुनेवालाहरु रहेको साथै विकासको कामहरु लगातार रुपमा चलिरहेको पनि बताएका छन्‌‍। उनले यसरी सामाजिक सञ्जालमा नकरात्मक कुराहरु फैलाउने कार्य गरिएकोमा विरोध पनि जनाएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त