महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन

Share this news

सोनादा ,1 जुलाई(निसं): सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र अप्पर पचेङमा एक महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन भएको छ। यस महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरमा जम्मा 20 जना महिलाहरुले भाग लिएका थिए। यस महिनाव्यापी सिलाई बुनाई प्रशिक्षणमा डीआईसी दार्जीलिङका जेनेरल म्यानेजर प्रवण सर, दिवस लामा, चन्द्र मुखिया, ओम मुखिया, आदिको उपस्थितिमा 20 जना प्रशिक्षण पूरा गरेका महिलाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ।सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र अप्पर पचेङ सोनादामा 2014 मा पाँचजना क्रियाशील महिलाहरुले स्थापना गरेका थिए। यस सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रले अहिलेसम्म सोनादा र वरिपरिका महिलाहरुलाई प्रशिक्षण दिएर स्वनिर्भर बनाउन ठूलो सहयोग गिरहेको छ भने अहिले पनि यो कार्य निरन्तर रूपमा जारी रहेको छ। सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रका सभापति सपना लामा, सचिव उमा थापा, कोषाध्यक्षा अञ्जना प्रधान, निर्देशिकामा चेलु तामाङ र सदस्यहरुमा सकिला प्रधान, लमु शेर्पा, सनिता तामाङ रहेका छन्। यस सिलाई बुनाई प्रशिक्षण केन्द्रको माध्यमबाट सोनादा पचेङ र वरिपरि क्षेत्रका महिलाहरुलाई स्वनिर्भर बनाउन ठूलो सहयोग पुगेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त