मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले लोकतन्त्र संकटमा पर्ने निश्चित भएको छः बीपी बजगाईँ

Share this news

खरसाङ, (निसं): पश्चिम बंगाल निर्वाचन आयोगको वेबसाइटमा मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले जनसाधरणलाई डाटा खोज्न र जाँच्न असुविधा भएको, मतदाता सूची टेक्स्ट फर्म्याटमा नभएकोले यसमा दोहोरो दाखिल वा अनियमितता पत्ता लगाउन असम्भव बनाइएको देवी गर्दै खरसाङ्का विधायक बीपी बजगाईँले निर्वाचन आयोगको यस प्रकारको कार्यले लोकतन्त्र खतरामा पर्ने निश्चित भएको गुनासो गरेका छन्‌‍। तिनले एक विज्ञप्ति जारी गरेर हिमालय दर्पणलाई भनेका छन्‌‍, भारतको निर्वाचन आयोगमाथि विपक्षी नेता राहुल गान्धीले फर्जी मतदाता राख्ने गम्भीर आरोप लगाएका छन्‌‍। यस्ता आरोपहरूको समयमा आयोगले जनताको विश्वास जित्ने जवाफ दिन नसकेको र विभिन्न राज्यका निर्वाचन आयोगको वेबसाइटबाट मतदाता सूची हटाइएकोले आयोगको विश्वसनीयता संकटमा परेको छ। मैले आफ्नो मतदान केन्द्रको डाटा जाँच्दा मतदाता सूचीमा मतदाताको फोटो नभएको र डाटा अप्टिकली पढ्न नसकिने अवस्थामा रहेको पाएँ। डाटालाई टेक्स्ट फर्म्याटमा वेबसाइटमा राख्न सकिन्छ, जसले डाटा खोज्न र जाँच्न सुविधा प्रदान गर्छ। तर पश्चिम बंगालको निर्वाचन आयोगको वेबसाइटमा मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले डबल एन्ट्री वा अनियमितता पत्ता लगाउन असम्भव बनाइएको छ। एआईको युगमा यो आश्चर्यजनक र चिन्ताजनक छ। यस्तो अवस्थामा, यदि भारतको निर्वाचन आयोगले आफ्नो काममा पारदर्शिता र जवाफदेहिता कायम गर्न सकेन भने देशको लोकतन्त्र संकटमा पर्ने निश्चित छ। बजगाईँले लोकतन्त्र बचाउन पर्छ, लोकतन्त्र बचाउनको निम्ति मतदाता सूचीमा पारदर्शिता ल्याउन पर्छ, यस दिशामा कार्य गरिन पर्छ भन्ने मेरो मनसाय हो भनी थप भनेका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त