नेजी जुनियर उच्च विद्यालय ओझेलमा

Share this news

नेजी, 18 जुलाई(निसं):  लगभग दश वर्ष अघि शिक्षाको क्षेत्रमा गाउँ समाजलाईअघि बढाउन स्थापित भएको नेजी जुनियरउच्च विद्यालय अहिले सम्म ओझेलमा परेको छ। आफ्नो गाउँ घर समाज एकजुट भएर
विद्यार्थी नानीहरू आफ्नै घरको खाना खाएर स्कूल पढ्न सकोस्  भन्ने उद्श्यले गत 2015 सालमा निर्माण गरिएको स्कूल अहिले ओझेलमा परेको छ भनी स्थानीय सचेत समुहले जानकारी गराएको छ। जानकारी अनुसार, एकसमय जहाँ धेरै भन्दा धेरै नानीहरू अध्ययनरत रहेको जानकारी स्कूलका शिक्षक पिटर राईले दिए । आजसम्म पनि आफूहरु नानीहरूको निम्ति स्कूलमा खटिरहेको जनाउँदै आगमी दिन राम्रै हुन्छ भन्ने आफूहरु सित सोँच भएको उनले बताए । यहाँ स्कूल भवन एसएसएम-द्वारा निर्माण भएको छ भने यहाँ मध्यान्ह भोजनदेखी लिएर नानीहरूको निम्ति विभागीय कतिपय सुविधाहरु सबै छ । तर विभागीय सरकारी मान्यता प्राप्त नभएकोले शिक्षक शिक्षिका विद्यार्थी र अभिभावकहरुमा
अन्योलता रहेको छ। यसैकारण अहिले स्कूल सञ्चालनमा भए पनि विद्यार्थीहरू को संख्यमा ह्रास आएको भनाइ छ शिक्षक पिटर राई। यसै गरी तकबीया निवासी एमएल मैनालीले यस स्कूललाई सरकारी मान्यता दिएर शिक्षक शिक्षिका हरुको नियुक्ति गरे गोक-2 ग्राम पञ्चायत अन्तर्गत पढ्ने नानीहरूलाई ठुलो सुविधा र फायदा हुने मैनालीले बताए। आजसम्म यस क्षेत्रका विद्यार्थीहरू नयाँ बस्ती, गोक उच्च विद्यालय र सिक्किम राज्यतिर पढ्न वाध्य रहेको उनले जानकारी दिए। यदि नेजी विद्यालयले सरकारी मान्यता र सुविधा पाए विद्यार्थीहरू लगायत क्षेत्रको निम्ति असल हुने,उनले बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त