नाट्य संस्था ‌जागृति परिवार‌को 52 औं स्थापना पालन

Share this news

खरसाङ, (निसं): दार्जीलिङ पहाडी भेकको प्रतिष्ठित नाट्य संस्था ‌‘जागृति परिवार‌’को 52औं स्थापना दिवस निजी भवनमा पालन गरियो। ‌‘जागृति परिवार‌’का अध्यक्ष लक्ष्मण गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा ‌‘जागृति परिवारका संस्थापक तथा पूर्व अध्यक्ष वरिष्ठ नाटककार पूर्ण गुरुङ्को विशेष उपस्थिति रहेको थियो। 29 जुलाई 1993 सालमा स्थापना भएको ‌‘जागृति परिवार‌’ले लगभग चालिसवटा पूर्णाङ्की, धेरै लघु नाटकहरु र सडक नाटकहरू मञ्चन गरिसकेको छ। कार्यक्रमको प्रारम्भमा माता सरस्वतीको तस्वीरमा माल्यार्पण गरेर दीप प्रज्ज्वलन गरेपछि दिवंगत सदस्यहरूलाई सम्झना गर्दै उनीहरूको आत्मशान्तिको निम्ति एक मिनटको मौन धारण गरियो। जागृति परिवारका सचिव प्रकाश प्रधानले स्वागत वक्तव्य राखेपछि पूर्ण गुरुङ ‌‘निरुपम‌’ले ‌‘जागृति परिवारको स्थापनाबारे संक्षिप्तमा जानकारी दिएका थिए। ‌‘जागृति परिवार‌’ले आफ्नो स्थापनाकालदेखि धेरै कठिन संघर्ष गरेर आज 52 वर्ष पूरा गरेको उनले बताए। उनले ‌‘जागृति परिवार‌’ले मञ्चन गरेको नाटकहरूको चर्चा गरेका थिए। सबै कलाकार सदस्यहरूलाई उर्जा दिँदै उनले सबैलाई नाटकको निम्ति क्रियाशील रहने आहवान गरेका थिए। यसै कार्यक्रममा ‌‘जागृति परिवार‌’मा आएका चलचित्र निर्देशक विवेक राई, साङ्गे लामा, केवल सुब्बा र हेमन्त राईलाई परिवारमा सबैले स्वागत जनाएका थिए। चलचित्र ‌‘लिपस्टिक गोलाई‌’का निर्देशक विवेक राई जसले सर्बियामा ‌‘शान्ति‌’ लघु चलचित्रका निम्ति ‌‘सिल्भर एग‌’ अवार्ड प्राप्त गरेका हुन्‌‍। विवेक राईलाई उनको उपलब्धिको निम्ति बधाई जनाइयो। जागृति परिवारकी सदस्य रचिता छेत्रीले लघु चलचित्र ‌‘चित्कार‌’मा प्रभावकारी अभिनय गरेकी थिइन्‌‍। उनलाई पनि कार्यक्रममा बधाई जनाइयो। यस्तै जागृति परिवारका सदस्य अदीप रोकालाई ‌‘ब्लुम्स स्टुडियो‌’को प्रस्तुतिमा लघु चलचित्र ‌‘एक्लो बुवा‌’मा उत्कृष्ट अभिनयको निम्ति बधाई जनाइयो। यस अवसरमा सदस्यहरूले नाटकको विकासका निम्ति आ-आफ्नो विचारहरू प्रकट गरे। सन्‌‍ 2023 मा जागृति परिवारले स्वर्ण वर्षको कार्यक्रम शुरु गरेको थियो र अब यसै यसको वर्ष स्वर्ण वर्षको समापन कार्यक्रम गर्नेबारेमा पनि चर्चा गरिएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त