नयाँ वर्षमा नयाँ फिल्म

Share this news

काठमाडौँ — फिल्म घोषणा हुँदै प्रदर्शन मिति तोक्नु नेपाली फिल्मको पछिल्लो परिचय नै बनिसक्यो । फिल्म बन्नुअगाडि नै प्रदर्शन तय गर्दा निर्माणमा हतारिने थुप्रै उदाहरण छन् । तर, नेपाली फिल्मकर्मीलाई हतारोको के पर्वाह ? उनीहरू प्रदर्शन मिति तोक्न तँछाडमछाड नै गरिरहेका हुन्छन् ।

रोचक कुरा त यसरी निर्माण घोषणा हुँदै प्रदर्शन तय भएका एउटै मितिमा २-३ फिल्म हलमा सो पाउनका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।

नयाँ वर्षको अवसरमा एक हुल फिल्मकर्मीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । कतिपयले प्रदर्शन मिति पनि तोकिसकेका छन् । निर्देशक अशोक शर्माको ‘डबल ट्रिपल’ फागुन १ मा प्रदर्शनमा आउने घोषणा भएको छ ।

निर्देशक उपेन्द्र सुब्बाले पनि ‘जारी २’को घोषणा गरेका छन् । राजबहादुर सानेको निर्देशनमा तयार ‘सिटामोल’ टिमले पनि फिल्मको प्रदर्शन मिति तय गरेको छ । यो फिल्म साउन २३ देखि प्रदर्शनमा आउने बताइएको छ ।

त्यस्तै, तुलसी घिमिरेको निर्देशनमा हालै छायांकन सकिएको ‘पहाड’ले पनि फिल्म प्रदर्शनका लागि कात्तिक ७ को मितिलाई पक्का गरेको छ । नयाँ वर्ष ०८२ कै अवसरमा ‌ओम प्रतिकले नयाँ फिल्म ‘ढुकढुकी’ बनाउने घोषणा गरेको हो । सुनिल निउरेले पनि ‘पुष्प लता’ बनाउने घोषणा गरेको हो । यम शेर्पाले पनि यही अवसरमा ‘मिरमिरे’ भन्ने शीर्षकको फिल्म घोषणा गर्दै ०८२ भित्रमा प्रदर्शन गर्ने योजना सार्वजनिक गरेको छ ।

अब यी फिल्महरू तोकिएको मिति र समयमै बनेर प्रदर्शनमा आउलान् या नआउलान् त्यो भने हेर्न बाँकी छ ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त