तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

Share this news

खरसाङ, 14 जुलाई (निसं): यो सोमवार असार महिनाको 30 गते अर्थात साउन महिना लाग्न बाँकी रहेको भए तापनि खरसाङमा धेरै भक्तजनले सावन महिनाको व्रत अरम्भ गरेका छन्। सोमवार खरसाङका शिवलिङ्गहरूमा जल चड़ाउने भक्तजनको संख्या केही कमी रहे तापनि भक्तजनले जल चड़ाए। हिन्दू पञ्चाङ्ग अनुसार सावन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई पहलो सावनको सोमवार मानिएको छ। यसै तिथिमा साउनको व्रत आरम्भ गर्ने चलन रहेको छ। यो तिथिको आरम्भ 14 जुलाई अर्थात सोमवार राति 1 बजेर 2 मिनटमा हुने बताइएको छ। यसैले तिथि अनुसार 14 जुलाई साउन महिनाको पहिलो सोमवार रहेकोले यसै सोमवारदेखि साउनको व्रत आरम्भ गरिएको हो भनी कतिपय भक्तजनले बताएका छन्। सोमवार खरसाङको शिव मन्दिरहरूमा भक्तजनले शिव भगवानको पूजा गर्नको साथै जल चड़ाएका छन्। जल चड़ाउनेहरूमा महिला भक्तजनको संख्या अधिक देखिएको छ। तिथि अनुसार साउनको पहिलो सोमवार रहेकोले खरसाङको राम मन्दिर अनि अन्य मन्दिरहरूमा पूजाको अनुष्ठान आरम्भ भएको छ। साउनको महिनामा हिन्दू भक्तजनले शिव भगवानको आरधना गर्ने हुनाले माछ-मासु, लसुन-पियाज नखाने पनि चलन रहेको छ। साउनको महिना आरम्भ भएकोले धेरै हिन्दू महिला अनि युवतीहरूले आफ्नो हातमा मेहदी लगाएको पनि देखिएको छ। खरसाङका भक्तजनहरू काँवड़ यात्रामा गइरहेका छन्। तथापि कतिपय महिलाहरूले भने साउनको व्रत आगामी सोमवादेखि आरम्भ गर्ने बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त