सिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा

Share this news

खरसाङ , (निसं)ः खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान प्रधान सहदेव तामाङले सिंगेल चियाबगान अन्तर्गत नयाँधुरा गाउँको सुबाला देवानको घर निजी कोषबाट बनाई दिने भएको छ। उक्त घरको निर्माणको लागि आज शिलान्यास पनि गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, सन्त मेरिज दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान सहदेव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सिंगेल चियाबारीको नयाँ धुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधान सहदेव तामाङले आफ्नै निजी खर्चमा निर्माण गरिदिने भएको छ। यस विषयमा उनले सुबला देवानको घर निजी कोषबाट निर्माण गरिदिने वाचा गर्दै आज यसको लागि शिलान्यास गरिएको पनि बताएका छन्‌‍। उनले भने, स्थानीय पञ्चायत सदस्याले लगातार रुपमा आफुलाई एकजनाको घर जीर्णावस्थामा रहेको जानकारी गराएकी थिइन्‌‍। यसको आधारमा गएर निरीक्षण गर्दा घरको अवस्था निक्कै जीर्णावस्थामा रहेको देखेर आफ्नै निजी खर्चमा घर निर्माणको लागि शिलान्यास गरिएको जानकारी गराएका छन्‌‍। आफ्नो जीर्णावस्थामा रहेको घर निर्माण गरिदिने भएपछि आज शिलान्यास गरिएको र यसको लागि सुबला देवानले पञ्चायत प्रधान र सभासदलाई धन्यवाद दिएकी छन्‌‍। उनले आफ्नो जीर्णावस्थामा रहेको घर पञ्चायत प्रधानले बनाई दिएकोमा खुसी व्यक्त गर्दै बर्खामा सबै पानी चुहुने भएको र घरको अवस्था देखेर आफुले भन्नासाथ बनाई दिने भएकोमा धन्यवाद दिएकी छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त