गाजाको आवासीय भवनमा इजरायलको आक्रमण, २९ को मृत्यु

Share this news

गाजा — गाजा सिटीको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा परी कम्तीमा ४० जना घाइते भएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय अस्पतालका अनुसार मंगलबार बिहान अल–हवासी मस्जिदनजिकै शेजैया बस्तीमा आक्रमण गरिएको थियो ।

हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायका अनुसार युद्धक विमानले यो क्षेत्रलाई निसाना बनाएको थियो । उद्धारकर्मीहरूले अझै पनि भग्नावशेषबाट शव खोजिरहेका छन् ।

इजरायली सेनाले भने आक्रमणको योजना बनाउने ‘वरिष्ठ हमास आतंककारी’लाई निसाना बनाइएको बताएका छन् । सेनाले आक्रमण गर्दा नागरिकहरूलाई क्षति नपुगोस् भनेर विशेष सावधानी अपनाइएको र ‘सटीक हतियार’ प्रयोग गरिएको पनि इजरायलको दाबी छ ।

साथै इजरायली सेनाले हमासलाई नागरिकहरूलाई मानव ढालका रूपमा प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप पनि लगाएको छ । प्रत्यक्षदर्शीका अनुसार घटनास्थल निकै खचाखच थियो । ‘टेन्ट, विस्थापित मानिसहरूले त्यो ठाउँ निकै खचाखच थियो । एकैपटक धेरै मिसाइलले हानिएको थियो, सार्पनेलका टुक्राहरू चारैतिर उडेको थियो, धूलो, ध्वंस र चिच्याहट मात्र सुनिन्थ्यो । साँच्चै एक नरसंहार जस्तै लागेको थियो,’ घटनास्थलमा रहेका २६ वर्षीय आयुब सलिमले एएफपी समाचार संस्थालाई बताएका छन् ।

इजरायली सेनाले यसअघि नै यो क्षेत्र खाली गर्न भनेको थियो, जसकारण शेजैयाका हजारौं बासिन्दाहरू आफ्नो घर छोडेर भागिसकेका थिए ।

मंगलबार बिहान नै गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै ३३ जना मारिएको जानकारी दिएको थियो । मार्च १८ देखि पुनः सुरु भएको इजरायली सैन्य आक्रमणमा हालसम्म १ हजार ४ सय ८२ जना मारिएको विभिन्न सञ्चारमाध्यमहरूले बताएका छन् ।

पछिल्लो तीन सातामा मात्रै ३ लाख ९० हजार मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार गाजाको दुईतिहाइ भूभाग अब ‘नो–गो जोन’ घोषित गरेर र खाली गर्न भनिएको छ ।

त्यस्तै इजरायलले खाना, औषधि र इन्धनको आपूर्ति रोकिदिएको कारणले अहिले गाजामा गम्भीर संकट उत्पन्न भएको छ । यसले मानवीय संकट पनि बढाएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा हाल मृत्यु क्षेत्रजस्तै भएको बताएका छन् । उनले इजरायली नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समेत बताएका छन् ।

तर इजरायली विदेश मन्त्रालयले गुटेरेसको भनाइ अस्वीकार गर्दै गाजामा मानवीय सहायता नरोकिएको बताएको छ । ‘युद्धविरामको ४२ दिनमा २५ हजारभन्दा बढी सहायता गाडी गाजामा प्रवेश गरेका छन् । तर हमासले ती सहायता वस्तुहरू आफ्ना युद्ध तयारीमा प्रयोग गरिरहेको छ,’ इजरायलले आरोप लगाएको छ ।

इजरायली सेनाले यो आक्रमण ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु गरेको हो । आक्रमणमा करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २ सय ५१ जनालाई बन्धक बनाइएको थियो ।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त