प्रायः बाइस महिनापछि अम्बटे चियाबारी खोलियो

Share this news

खरसाङ, 22 जुलाई(सुवास छेत्री)ः बन्द रहेको अम्बटे चियाबारी खोलिएको प्रायः बाइस महिनापछि खोलिएको छ। दशैँको मुखैमा अर्थात्‌‍ 10 अगस्त 2022 को दिन कमान बन्दको नोटिस टाँसेर लेमनग्रास कम्पनीका प्रबन्धकहरू यहाँबाट गएपछि अचल अवस्थामा रहेको अम्बटे चियाबारी मङ्गलवारदेखि पुनः सञ्चालनमा आएको छ। वर्तमान जीवन शर्माको अधिनमा खोलिएको यस चियाबारीमा तर मङ्गलवार श्रमिकहरूको सङ्ख्या भने केही कम्ती रहेको थियो। प्रथम दिन केही श्रमिकहरूलाई पत्ती टिप्न लगाइयो भने केही श्रमिकहरूले कमान सफा गर्ने कार्य गरे औ केही श्रमिकहरूलाई कमानको कार्यालयहरू सफा गर्न लगाइयो। कमान खोलिएको सन्दर्भमा बगानका प्रबन्धक मञ्जित सिञ्चुरीले आजदेखि बगान आधिकारिक रुपमा रुपमा खोलिएको बताए। तिनले बगान खोलिनुमा सबैको सहयोग रहेको जनाउँदै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग रहने आशा व्यक्त गरे। बगान खोलिए यहाँका मानिसहरूको आर्थिक अवस्थामा धेरै सुधार आउने औ बगानको पनि स्याहार सुसार भएर जाने बताउँदै तिनले यसरी कमान खोलिएकोमा सबैलाई बधाई पनि दिए। सिञ्चुरीले आज तिनीहरू यहाँको प्रख्यात एवम्‌‍ धार्मिक आस्थाको केन्द्र बसेरी शिवधाममा आएर पूजा अर्चना गरेको तथा कार्यालयहरूतिर पनि पूजा अर्चना गरेर कार्य आरम्भ गरिएको बताउँदै हाल चिया कारखानाको अवस्था केही जीर्ण भएको तथा बिजुलीका लाइनहरू पनि सबै काटिएको कारण कारखानामा चियापत्ती तयार गर्न नसकिने औ यहाँ टिपिएका चियापत्तीहरू बाहिर कतै लैजाने निर्णय माथिल्लो स्तरबाट लिइएको अवगत गराए। यता यहाँका केही श्रमिकहरूले पनि आजदेखि कमान खोलिएकोमा खुशी व्यक्त गर्दै बगान खोलाउन सहयोग पुऱ्याउने तथा वर्तमान बगानका निर्देशक तथा कम्पनीप्रति आभार व्यक्त गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त